शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • मकवानपुरबासीको मन र मत पाउन प्रत्यक्ष चुनावमा होमिएकी हुँः महालक्ष्मी उपाध्याय [अन्तर्वार्ता]

मकवानपुरबासीको मन र मत पाउन प्रत्यक्ष चुनावमा होमिएकी हुँः महालक्ष्मी उपाध्याय [अन्तर्वार्ता]

मैले सांसदमात्रै बन्न उम्मेदवारी दिएकी होइन। सांसद बन्नकै लागि भए समानुपातिकको पहिलो नम्बरमा बस्थें। नेताहरूले समानुपातिकको सूचीमा बस्न आग्रह गरे पनि प्रत्यक्षतर्फ नै उम्मेदवार बन्ने अठोट लिएर मकवानपुरबासीको मन र मत पाउन चुनावी मैदानमा होमिएकी हुँ।
 |  बुधबार, कात्तिक २३, २०७९

खिला कार्की

खिला कार्की

बुधबार, कात्तिक २३, २०७९

नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना' ४ मंसिरको निर्वाचनमा मकवानपुरको निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभाका लागि लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट चुनावी मैदानमा होमिएकी छन्। डिना २०४२ मा कांग्रेसले गरेको सत्याग्रहमा जेलसमेत परेकी थिइन्। डिनालाई राजनीतिमा मात्र नभएर मकवानपुरमा पहिलो पटक महिला साक्षरता सुरु गर्ने अभियानकर्ता, गैरसरकारी संस्था स्थापना गर्ने अभियानकर्ता, सहकारी सञ्चालन गर्ने अभियानकर्ताका रुपमा चिन्ने गर्छन्। २०४८ देखि मकवानपुरमा कांग्रेस उम्मेदवार बनेकी डिनाले २०३६ देखि नै विद्यार्थी राजनीति गरेकी हुन्। २०४३ मा पद्मकन्या क्याम्पसको स्ववियु सभापति, २०४७ मा नेपाल महिला संघको मकवानपुर जिल्ला सभापति, २०४९ मा महासमिति सदस्य बनिन्। डिना १५ वर्षभन्दा बढी कांग्रेसको केन्द्रीय सदस्य भएर १४औं महाधिवेशनबाट सह–महामन्त्रीमा निर्वाचित भइन्। पहिलो संविधानसभामा समानुपातिकबाट संविधानसभा सदस्य भएकी उनले २०६४ मा जलस्रोत राज्यमन्त्रीका रुपमा समेत काम गरिसकेकी छन्। आगामी निर्वाचनमा प्रत्यक्षबाट चुनावी मैदानमा होमिएकी डिनासँग गरिएको कुराकानीः 

triton college

निर्वाचनमा होमिनुभएको छ। चुनावको प्रचार–प्रसार कसरी गरिरहनुभएको छ र रेस्पोन्स कस्तो पाउनुभएको छ? 
अहिले हामीले ग्रामीण क्षेत्रमा प्रचार–प्रसारको अभियान चलाइरहेका छौं। कोणसभा, घरदैलोजस्ता कार्यक्रम चलाइरहेका छौं। अब हामी सहरी क्षेत्रमा चुनाव प्रचार–प्रसार र घरदैलो कार्यक्रम गर्दै छौं । प्रचार–प्रसारका क्रममा रेस्पोन्स राम्रो पाएका छौं। आमनागरिकमा डिनाले चुनाव जितोस्, हाम्रो र राम्रो काम गरोस् भन्ने छ। यसअघि चुनाव हारेर पनि निरन्तर जनताकै काम गरेका कारण आमनागरिकमा मप्रति सहानुभूति देखिएको छ। 

तपाईंका चुनाव जित्ने एजेन्डा के–के छन्?
म यस पटक प्रत्यक्षतर्फ उम्मेदवार भएकी छु। यसअघि प्रतिनिधिसभामा बसेर धेरै काम गर्ने अवसर पाएँ। राज्यमन्त्री भएर काम गरें। मकवानपुरका जनताको आशा र भरोसा बन्दै पार्टीका साथीहरूको विश्वास जितेकी छु। म प्रत्यक्षमा चुनाव लड्दा मकवानपुरका साथीहरूमा थप ऊर्जा देखिएको छ। मैले सांसद मात्रै बन्न उम्मेदवारी दिएकी होइन। सांसद बन्नकै लागि भए समानुपातिकको पहिलो नम्बरमा बस्थें। नेताहरूले समानुपातिकको सूचीमा बस्न आग्रह गर्दा प्रत्यक्षतर्फ नै उम्मेदवार बन्छु भनेर आएकी हुँ। प्रत्यक्ष निर्वाचन जितेर जनताको विश्वास जित्ने मेरो अभिप्राय हो। मलाई सबैको माया प्राप्त भएको छ। म मकवानपुरका जनताको सुखदुःखमा रहेर काम गर्छु र प्रत्यक्ष चुनाव जितेर देखाउनेछु भनेर आँट बोकेर आएकी छु। मकवानपुरबासीको मन र मत पाउँछु।

मैले १ नम्बर क्षेत्रमा धेरै काम गरेकी छु। राईगाउँदेखि मकवानपुरगढी, बकैया, हेटौंडासम्मका धेरै समस्या महसुस गरेकी छु। यस क्षेत्रका महिलाको समस्या नजिकबाट नियाल्दै निरन्तर काम गरेकी छु। मैले सुरुआतदेखि नै महिलाको शिक्षा र स्वास्थ्यको विषयमा कुरा उठाउँदै आएकी छु। गर्वका साथ भन्छु, मकवानपुरमा पहिलो पटक २०४६ को जनआन्दोलनपछि जिल्लाका महिलालाई प्रौढ शिक्षा दिन संस्था स्थापना गरेर काम गरेकी थिएँ।  यसको रेकर्ड पल्टाएर हेर्न सक्नुहुन्छ। अहिले मान्छेको आवधारणा फेरिएको छ। विकास भनेको सडक, डोजर मात्रै हैन। विकास भनेको जनताको जीवन पद्धतिको विकास पनि हो । स्वास्थ्य, शिक्षा, रोजगारमा सहज र सरल पहुँच नै जीवन पद्धतिको विकास हो। यस कारण मूल उद्देश्य भनेको सडक   निर्माण मात्रै होइन। मैले जनविकासको पक्षमा भएका काम धेरै मुलुक घुमेर देखेकी छु । घरघरको समस्यालाई कसरी समाधान गर्ने, जनतामा अमनचयन र शान्तिपूर्ण वातावरण कसरी बनाउने र समाज स्वस्थ कसरी बनाउने भन्नेमा मेरो काम हुन्छ।

मकवानपुरमा  पनि सत्तारुढ गठबन्धन छ। गठबन्धनका दलहरूबीचमा कत्तिको सहकार्य छ? 
मुलुकलाई नयाँ बाटोमा लैजान चुनावपछि गठबन्धनको सरकार बन्न जरुरी छ। गठबन्धनको सरकार निर्माणका लागि गठबन्धनका सम्पूर्ण उम्मेदवारलाई जिताउनुपर्ने अवस्था छ। अहिले गठबन्धनको लडाइँ जनताको अधिकारका लागि भएको २०६३/०६३ को आन्दोलन दमन गर्ने र पटक–पटक संसद्को हत्या गर्न खोज्न दलसँगको हो । त्यही कारण यहाँ गठबन्धनमा रहेका दलप्रति कुनै शंका, द्वेष छँदै छैन। कांग्रेस, माओवादी केन्द्र नेकपा एकीकृत समाजवादीलगायतका सबै दलको उद्देश्य भनेको संविधान जोगाउन, यो व्यवस्था जोगाउन एक ठाउँ भएका हौं भन्ने छ।

corrent noodles
Metro Mart
मैले सांसदमात्रै बन्न उम्मेदवारी दिएकी होइन। सांसद बन्नकै लागि भए समानुपातिकको पहिलो नम्बरमा बस्थें। नेताहरूले समानुपातिकको सूचीमा बस्न आग्रह गरे पनि प्रत्यक्षतर्फ नै उम्मेदवार बन्ने अठोट लिएर मकवानपुरबासीको मन र मत पाउन चुनावी मैदानमा होमिएकी हुँ।

यसको विकल्प छैन भन्ने भावना देखिन्छ। अझ मकवानपुरमा नेपाली जनताको अधिकार प्राप्तिको आन्दोलनमा दमन गर्ने र संविधानको हत्या गर्न खोज्ने दुई दल एक ठाउँ उभिएका छन्। हामी शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दल र नेताहरू एक ठाउँ उभिएका छौं। त्यही कारणले यहाँ गठबन्धनमा रहेका दलका नेता-कार्यकर्ता मात्र होइन, मकवानपुरबासी सबै सचेत नागरिक हाम्रो पक्षमा हुनुहुन्छ। जनताको मताधिकार अन्त्य गर्ने, संविधान नै नष्ट गर्न खोज्नेहरू आज यही संविधानअनुरुप हुन लागेको चुनावमा भोट माग्न आएका छन्। 

आफ्नै पार्टीभित्र अधिकतम महिलालाई प्रत्यक्ष टिकट दिनुपर्छ भनेर आवाज उठाउनुभएको थियो। त्यसमा तपाईं सफल हुनुभए पनि पार्टीभित्र माग सम्बोधन कति भयो?
मेरो माग सम्बोधन एकदमै कम भएकाले सन्तुष्ट छैन। भोलिका दिनमा अझै बढाएर लैजान्छु। गठबन्धनका कारण स्थानीय तह निर्वाचनमा महिला सहभागितालाई न्यून बनायो। त्यो हामीले क्षतिपूर्ति लिन सकेका छैनौं। स्थानीय तहको क्षतिपूर्ति आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्राप्त गर्छौं कि भन्ने लागेको थियो। तर महिला उम्मेदवारी न्यून हुँदा सन्तुष्ट छैन। भोलिका दिनमा यसलाई वृद्धि गरेर जानुपर्छ भन्ने माग सधैं रहिरहन्छ। पहिला हामीले महिलाको अवसरका विषयमा आवाज उठाउँदा नेतृत्वहरूले खोइ त महिला भनेर प्रश्न गर्नुहुन्थ्यो। अहिले टिकट बाँड्ने ठाउँमा पनि महिला छौं। यति धेरै महिला प्रत्यक्ष निर्वाचन लड्छु भनेर आउनुभयो तर अवसर पाउन सक्नुभएन। मैले नेताहरूलाई हिजो महिला खोइ भनेजस्तै अहिले महिलालाई प्रत्यक्ष निर्वाचन उठाउनुस् भनेकी छु। यसका लागि पार्टीभित्र सशक्त महिला तयार भइसकेका छन्। 

विकास भनेको सडक, डोजर मात्रै हैन। विकास भनेको स्वास्थ्य, शिक्षा, रोजगारमा सहज र सरल पहुँच हो। त्यस कारण मेरो उम्मेदवारी निर्वाचन क्षेत्रका आमनागरिकको जीवनस्तरमा परिवर्तन ल्याउनु हो। सोही कारण जनताबाटै प्रत्यक्ष चुनिन चुनावी मैदानमा ओर्लिएकी हुँ।

तपाईंको क्षेत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको समर्थनमा उम्मेदवार बन्नुभएको छ। हेभिवेट नेताबीचको चुनावी भिडन्तमा तपाईंका जित्ने आधार के–के हुन्? 

चुनाव जित्छु भन्ने आत्मविश्वासले नै मैदानमा आएकी हुँ। मैले सहजै पाएको समानुपातिक सांसद बन्ने अवसर छाडें। त्यस कारण चुनाव जित्नेमा म विश्वस्त छु। अर्को भनेको कमल थापाजी मात्र होइन, यहाँ दीपक सिंहजी पनि हुनुहुन्छ। २०७४ लको चुनावमा यो क्षेत्रमा कांग्रेसले कमल थापालाई समर्थन गरेको थियो। त्यो बेला कमल थापाले झन्डै ३५ हजार मत पाउनुभएको थियो। त्यो बेला राप्रपाको ९ हजार हाराहारी मात्र मत थियो। त्यतिखेर कमल थापासँग दीपक सिंह सँगै हुनुहुन्थ्यो। तर अहिले उहाँको साथमा एमाले छ। २०७४ मा जसको साथ पाएर एमालेले यो क्षेत्रमा जित निकालेको थियो, त्यो शक्ति माओवादी केन्द्र अहिले हाम्रो साथमा छ।

२०७४ मा कमल थापासँगै रहनुभएका दीपक सिंह अहिले आफैं चुनावी मैदानमा हुनुहुन्छ। माथि एमाले अध्यक्ष केपी ओली र कमल थापा दुवैको सोच प्रतिगामी देखिएपछि अलि क्रान्तिकारी छविका उक्त पार्टीका नेता, कार्यकर्ता पनि मकवापुरमा एमालेले कमल थापालाई निर्वाचन क्षेत्र छाड्दा मन, मुटुदेखि खुसी देखिनुभएको छैन। अहिले भन्नुपर्दा कमल थापासँगै २०७४ मा भएको राप्रपाको भोट छैन। उहाँले राजेन्द्र लिङ्देनसँग चुनाव हारेर फेरि राप्रपा नेपाल गठन गरेपछि मत विभाजित भएको छ।

समानुपातिकतर्फ सहजै सांसद हुने बाटो छाडेर प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएको छ। यस पटक  निर्वाचन जित्नुभएन भने नि?
निर्वाचन जितिनँ भने पार्टीमै काम गरेर बस्छु। नशा–नशामा कांग्रेस पार्टी छ। अबको निर्वाचन हारे भनें आगामी निर्वाचनमा उठ्दिनँ। आगामी निर्वाचनमा अन्य महिलालाई अवसर दिन्छु। मैले समानुपातिक छाडेको कारण पनि अरु महिलाले अवसर पाउन् भनेरै हो। मैले सधैं किन ओगट्ने भनेर हो। महिलाको मुद्दामा म देशभरि उदाहरणीय काम गरेर अरु महिलालाई ऊर्जा थप्ने काम गर्छु। पार्टी नेतृत्वमा पुगेपछि यी सबै विषय समाधान गर्छु।

प्रकाशित: Nov 09, 2022| 07:29 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...