आइतबार, जेठ ३१, २०८३

डडेल्धुरा प्रशासनले भन्यो- सागरलाई अवरोध छैन

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले आसन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाललाई कुनै पनि प्रकारको अवरोध नगरेको स्पष्ट पारेको छ।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

काठमाडौं- जिल्ला प्रशासन कार्यालय डडेल्धुराले आसन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाललाई कुनै पनि प्रकारको अवरोध नगरेको स्पष्ट पारेको छ। 

National life

ढकालले आफूलाई चुनाव प्रचारप्रसारमा रोक लगाइएको भन्दै सामाजिक सञ्जालमा लेखेपछि प्रशासनले उक्त दाबीको खण्डन गर्दै उनलाई कुनै अवरोध नभएको स्पष्ट पारेको हो।  

‘निर्वाचन आचारसंहिताको पूर्ण पालना हुने गरी गरिने राजनीतिक दल र उम्मेदवारहरूको प्रचारप्रसार कार्यमा स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको र रोक नलगाइएको ब्यहोरा सबैलाई जानकारी गराइन्छ,’ प्रशासनको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आचारसंहितामा व्यवस्था भए बमोजिम प्रचारप्रसारको क्रममा स्थानीय प्रशासनलाई जानकारी गराई सञ्चालन गरिने प्रचारप्रसारका कार्यक्रमहरूमा संलग्न सम्पूर्ण राजनीतिक दल र उम्मेदवारहरूको आवश्यक सुरक्षाको प्रत्याभूति गरिने ब्यहोरासमेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’ 

ढकालले सामाजिक सञ्जालमा प्रशासनले चुनावी प्रचारमा अवरोध गरेको बताएका थिए । उनी यसपटकको चुनावमा डडेल्धुरामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्दैछन्। 

प्रकाशित: Nov 08, 2022| 07:50 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...