सोमबार, साउन १८, २०८३

प्रचण्डकै कारण संसद् विघटन : एमाले अध्यक्ष ओली

शेरबहादुर देउवा नेतृत्वको सरकारले अदालत पुगेर सरकार खोस्ने, बनाउने काम गरेकाले संविधान उल्लंघन आफूले गरेको नभई सत्ता गठबन्धनले गरेको ओली आरोप।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

पोखरा– नेकपा एमाले अध्यक्ष केपी ओलीले तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनादेशको अनादर गरेपछि संसद् विघटन गर्नुपरेको दाबी गरेका छन्। सोमबार पोखरामा आयोजित एमाले बृहत् अगुवा कार्यकर्ता भेलामा अध्यक्ष ओलीले उक्त आरोप लगाएका हुन्।

उनले भने, ‘माओवादी र हामी मिलेर संयुक्त घोषणापत्र ल्याएका थियौं। प्रचण्डले त्यसलाई  अनादर गरेपछि ताजा जनादेशमा जानुपर्ने अवस्था बनेको हो।’ उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले अदालत पुगेर सरकार खोस्ने, बनाउने काम गरेकाले संविधानको धज्जी उडाएको बताए।

‘मलाई संविधान मासेको आरोप लगाइएको छ। तर संविधान मास्ने काम शेरबहादुरजीकै नेतृत्वमा भयो,’ उनले भने।  गठबन्धनले सर्भेका नाममा एमाले कांग्रेसको हाराहारी मात्रै छ भनेर भ्रम फैलाएको ओलीले आक्षेप लगाए। 

‘आगामी चुनावमा कांग्रेस र एमालेले हाराहारी सिट ल्याउँछन् भनेर गठबन्धनले भ्रम फैलाउन खोजेको छ। विभिन्न सर्भेका नाममा यस्तो भ्रमपूर्ण प्रचार भइरहेको छ’, ओलीले भने। 

ओलीले आगामी चुनावमा एमाले कांग्रेसभन्दा धेरै अगाडि पुग्ने दाबी गरे। एमालेले एकल बहुमत ल्याएर बहुमतकै सरकार बनाउने उद्घोष उनले गरे।

प्रकाशित: Nov 07, 2022| 14:07 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...