आइतबार, जेठ ३१, २०८३

धनगढीस्थित निजी निवासमा असन्तुष्ट नेतालाई भेट्दै देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धनगढीमा असन्तुष्ट नेताकार्यकर्ताहरूसँग भेटघाट गरिरहेका छन्।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

धनगढी- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धनगढीमा असन्तुष्ट नेताकार्यकर्ताहरूसँग भेटघाट गरिरहेका छन्। गृहजिल्ला डडेल्धुरामा चुनावी सभामा सहभागी भएर धनगढी आइपुगेका देउवा कार्यकर्तासँगको भेटघाटमा व्यस्त बनेका हुन्।

National life

धनगढीस्थित आफ्नै निजी निवासमा बोलाएर देउवाले जिल्लाका नेता, कार्यकर्तासँग भेटघाट र छलफल गरिरहेका छन्।

उम्मेदवार चयनको विषयमा असन्तुष्ट कतिपय नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूलाई निवासमै बोलाएर उनले छलफल गरिरहेका कैलाली कांग्रेसले जनाएको छ। अगुवा नेता, कार्यकर्तासँग प्रधानमन्त्री देउवाले यहाँको चुनावी अवस्थाका विषयमा जानकारी लिइरहेका बताइएको छ।

कैलाली क्षेत्र नम्बर ३ को प्रदेश सभा (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीलाई पनि प्रधानमन्त्रीले भेटेका छन्। नेता, कार्यकर्तालाई भेटेर निर्वाचनमा सशक्त रूपमा खट्न निर्देशन दिनुका साथै जिल्लाभरिकै चुनावी अवस्थालाई प्रधानमन्त्रीले चासो लिइरहेको कैलाली कांग्रेसले जनाएको छ। नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले  चुनावमै केन्द्रित रहेर प्रधानमन्त्रीले कार्यकर्तासँग छलफलम गरिरहेको बताए।

धनगढी उपमहानगरपालिकामा पर्ने क्षेत्र नम्बर ५ मा कांग्रेसबाट डिल्लीराज पन्त र ५ को प्रदेश सभा (ख) बाट सदस्यमा प्रधानमन्त्री देउवाका भतिजा प्रकाश देउवा उम्मेदवार छन्। क्षेत्र नम्बर ५ मा कांग्रेसका पूर्वनेता पुष्करनाथ ओझाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

Shivam cement

२०७० सालमा भएको उपनिर्वाचनमा यहाँ कांग्रेसबाट ओझा विजयी भएका थिए। २०७४ को चुनावमा यही क्षेत्रबाट उम्मेदवार बनेकी प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई असहयोग गरेको अभियोगमा उनलाई कांग्रेसले साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो।

कांग्रेसकै कतिपय नेता, कार्यकर्ता ओझाको पक्षमा लागेकाले यहाँ गठबन्धनको जितमा चुनौती रहेको आँकलन गर्न थालिएपछि प्रधानमन्त्री देउवाले असन्तुष्ट नेता, कार्यकर्तालाई मनाउने कोसिस गरिरहेका छन्। 

नेकपा एमालेबाट यहाँ प्रतिनिधिसभा सदस्यमा नारदमुनि राना उम्मेदवार छन्। २०७४ को निर्वाचनमा रानाले आरजुलाई हराएका थिए।

प्रकाशित: Nov 07, 2022| 13:44 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...