आइतबार, साउन १७, २०८३

बाँकेको विकासका लागि निरन्तर पहल गरिरहन्छु : मन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले बाँकेको विकासका लागि आफूले नियमित रुपमा कदम उठाइरहेको बताएका छन्।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

कोहलपुर- युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले बाँकेको विकासका लागि आफूले नियमित रुपमा कदम उठाइरहेको बताएका छन्। 

राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुशुममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री गहतराजले विगतदेखि नै बाँकेको विकासका लागि आवाज उठाइरहेको र आगामी दिनमा समेत निरन्तर पहल गरिरहने बताएका हुन्।

आफ्नो ५ वर्षे कार्यकालमा पटक–पटक सदनमा राप्तीसोनारीको विकासका लागि कुरा उठाउँदै आएको बताउँदै उनले विकट क्षेत्र भनेर चिनिने राप्तीसोनारी र नरैनापुरलाई विकासको मूलधारमा ल्याउन सफल भएको उल्लेख गरे।

बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका मन्त्री गहतराजले जनतालाई एकताको भाव दिन गठबन्धन गरिएको बताउँदै बाँकी रहेका कामहरु पूरा गर्न जनताले वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई उत्याधिक मतले विजयी गराउन आग्रह गरे।

कार्यक्रमा बोल्दै बाँके क्षेत्र १ (क) लुम्बिनी प्रदेशसभा सदस्य पदकी उम्मेदवार कृष्णा केसी (नमुना)ले नरैनापुर र राप्तीसोनारीको विकासका लागि थुप्रै कामहरु अगाडि बढाइएको बताउँदै पछिल्लो ५ वर्षको अवधिमा विकासका कामहरुले गति लिएको बताइन्। 'हामीले केही कामहरु सुरु गरेका छौँ, ती कामहरुलाई पुर्णता दिन गठबन्धनले जित्नुपर्छ,' उनले भनिन्।

कार्यक्रममा समानुपातिक उम्मेदवार संगीता थारु, उम्मेदवार रामकृष्ण विक, वाम-लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नम्बर १ निर्वाचन परिचालन समितिका संयोजक नरेन्द्र न्यौपाने, सहसंयोजक पोषण केसी, माओवादी केन्द्रकी स्थायी समिति सदस्य पूर्णाकुमारी सुवेदीलगायतले आफ्ना भनाइ राखेका थिए।

प्रकाशित: Nov 07, 2022| 10:41 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...