आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्ड भन्छन्- मैले गोरखा रोजेपछि षड्यन्त्र गर्नेहरू रनभुल्लमा परे

प्रचण्ड भन्छन्- मैले गोरखा रोजेपछि षड्यन्त्र गर्नेहरू रनभुल्लमा परे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले गोरखा रोजेपछि षड्न्त्र गर्नेहरू रनभुल्लमा परेको बताएका छन्।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले गोरखा रोजेपछि षड्न्त्र गर्नेहरू रनभुल्लमा परेको बताएका छन्।

National life

खुमलटारस्थित निवासमा वाम–लोकतान्त्रिक खेमाका बुद्धिजीवीहरुसँगको कुराकानीमा प्रचण्डले देशव्यापी चुनाव प्रचारका लागि सहज होस् भनेर आफूले गोरखा-२ रोजेको उनले बताए। तर, आफूले गोरखा निर्वाचन क्षेत्र रोजेपछि षड्यन्त्र गर्न खोज्नेहरू रनभुल्लमा परेको उनको भनाइ थियो।

‘देशव्यापी रुपमा प्रचार गर्न सहज होस् भनेर गोरखा– २ गएको हुँ, यसलाई मैले सामान्य रुपमा नै लिएको थिएँ’ उनले थपे, ‘तर, कतिपयका लागि यो निर्णय ठूलै ‘सरप्राइज’ भएछ। त्यसपछि षडयन्त्र गर्नेहरु के गर्ने, कसो गर्ने भन्ने रनभुल्लमा परेका छन्।’

चितवन– ३ मा विजयी हुने स्थिति भए पनि गोर्खा जाँदा देशव्यापी चुनाव प्रचारका लागि समय निकाल्न सकिने भएकाले गोरखा-२ छनोट गरेको बताए।

यसपटकपनि चितवन-३ बाट विजय हासिल गर्ने भए पनि अलि बढी मिहिनेत गर्नु पर्ने भएकाले उनले गोरखा रोजेको बताए। उनले भने, ‘आफ्नो निर्वाचन क्षेत्रमा बढी खटिँदा देशव्यापी प्रचार अभियानका लागि समय निकाल्न कठिन हुने भएकाले गोरखा गएको हुँ।’

Shivam cement

चितव-३ मा प्रतिस्पर्धा गरेको भए एमाले, राप्रपा, नेपाली कांग्रेसको एउटा समूहबीच तालमेल हुने सम्भावना रहेको र यसका बाबजुदपनि विजय हासिल हुनेमा आफू विश्वस्त रहेको भए पनि गोरखा जोजेको उनले बताए।

‘एकजना विरुद्ध सबै शक्ति एकजुट भएपछि प्रतिस्पर्धा अलिक जटिल त हुने नै भयो। तर, तीब्र प्रतिस्पर्धाका बीच मैले नै जित निकाल्थेँ,’ उनले थपे, ‘गठबन्धनको एक प्रमुख नेता र पार्टी अध्यक्षको हैसियतले अन्य क्षेत्रमा पनि चुनाव प्रचार गर्न जानुपर्यो नि! त्यसैले ‘पोलिटिकल मोविलाइजेसन’ का लागिपनि गोर्खा– २ रोजेँ।’

प्रकाशित: Nov 07, 2022| 10:28 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...