आइतबार, साउन १७, २०८३

देशलाई राजनीतिक अस्थिरतामा लैजान खोजिँदैछ : प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केही तत्वले देशलाई पुनः अस्थिरतातर्फ लैजान खोजेको टिप्पणी गरेका छन्।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केही तत्वले देशलाई पुनः अस्थिरतातर्फ लैजान खोजेको टिप्पणी गरेका छन्।

संविधान राम्रोसँग कार्यान्वयनमा नआउँदै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता परिवर्तनका विषयहरू ठिक छैन भनेर नेपाललाई अस्थीरतातिर धकेल्न खोजिएको उनले बताए।

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका सिंहले देशलाई अस्थीरतामा लैजान खोज्नेहरुप्रति सचेत रहन आह्वान गरे। देशलाई राजनीतिक स्थीरतामा लैजानकै लागि वाम–लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा होमिएको उनले बताए।

राजनीति स्थिरता कायम गर्दै जनजीविका सहज बनाउने र आर्थिक समृद्धिको एजेण्डा नै अबको प्राथमकिता भएको उनले बताए। ‘अब राजनीतिक स्थिरता कायम गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने हो,’ सिंहले भने।

संविधानको पूर्ण कार्यान्वयन गर्दै गाउँ–गाउँमा सिंहदरबारको नारालाई व्यवहारमै कार्यान्वयनमा ल्याउने उनले बताए।

प्रकाशित: Nov 07, 2022| 09:40 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...