आइतबार, जेठ ३१, २०८३

डडेल्धुरामा चुनावी प्रचार गरेर प्रधानमन्त्री देउवा धनगढीमा

प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा चुनावी प्रचार गरेर आइतबार धनगढी फर्किएका छन्।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

सुदूरपश्चिम- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा चुनावी प्रचार गरेर आइतबार धनगढी फर्किएका छन्।

National life

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी रहेका प्रधानमन्त्री देउवाले त्यहाँ आयोजित सात ठाउँका चुनावी सभालाई सम्बोधन गरेका थिए। 

देउवा चुनावी प्रचारप्रसारका लागि यही कात्तिक १७ गते डडेल्धुरा पुगेका थिए। प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवा डडेल्धुराबाट फर्किएर धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निजी निवासमा पार्टीका नेता कार्यकर्तासँगको भेटघाट थालेका छन्। 

प्रधानमन्त्री देउवा सोमबार काठमाडौं फर्किने वा नफर्किने भन्नेबारे अहिल्यै टुङ्गो लागि नसकेको स्वकीय सचिव देउवाले जानकारी दिए। 

प्रकाशित: Nov 06, 2022| 19:43 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...