आइतबार, कात्तिक ३०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • डडेलधुरामा देउवाको उद्घोष– गठबन्धन लामो जान्छ, खगराज भट्ट मुख्यमन्त्री बन्नुहुन्छ

डडेलधुरामा देउवाको उद्घोष– गठबन्धन लामो जान्छ, खगराज भट्ट मुख्यमन्त्री बन्नुहुन्छ

विगतका केही चुनावमा प्रतिनिधिसभामा देउवासँग लड्दै आएका माओवादीका भट्ट यसपटक भने कांग्रेसको साथ पाएपछि प्रदेशसभामा झरेका हुन्।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश अहिले अप्ठ्यारोमा रहेको र कता जाने भन्ने अन्योल रहेको बताएका छन्।

National life

डडेलधुराको परशुराम नगरपालिकामा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘लामो लडाइँपछि ल्याएको लोकतान्त्रिक गणतन्त्रिक व्यवस्था हो। संघीय व्यवस्था ल्याएका छौं, यसलाई बचाउन जरुरी छ।’

केपी ओलीले संविधान च्यात्न खोजेको आरोप लगाउँदै देउवाले भने, ‘मध्य राति ओलीजीले संसद् भंग गर्नुभो। अति भयो भनेर हामीले मलाई प्रधानमन्त्री बनाएर देशलाई सही लिकमा ल्याएका छौं। संविधान र लोकतन्त्र बचाउन लागेका छौं।’

विगतमा आफूले प्रचण्डको मोल तोकेको कुरा सत्य भए पनि अहिले व्यवस्था फेरिएको बताए। उनले भने, ‘हो, मैले प्रचण्डको टाउकोको मोल तोकेकै हो। मलाई प्रचण्डले मार्न खोजेकै हो। तर, आज व्यवस्था फेरिएको छ। हामी सबैको जित भएको छ, हामी एक भएका छौं। देशलाई बचाउन अहिले गठबन्धनले जित्न आवश्यक छ।’ 

विगतमा आफूसँग लड्दै आएका खगराज भट्ट आगामी निर्वाचनपछि सुदूरपश्चिम सरकारको मुख्यमन्त्री बन्ने उद्घोष देउवाले गरे। उनले भने, ‘खगराज भट्ट यहाँको मुख्यमन्त्री हुनुहुनेछ। कुनै पनि हालतमा खगराजजीको जित आवश्यक छ। उहाँको जितपछि 

Laxmi sunrise bank
kumari

मुख्यमन्त्री भयो, भयो। मेरो पार्टीले मानेपछि भयो भयो।’

भट्ट डडेलधुराको प्रदेशसभा (क) उम्मेदवार हुन्। विगतका केही चुनावमा प्रतिनिधिसभामा देउवासँग लड्दै आएका माओवादीका भट्ट यसपटक भने कांग्रेसको साथ पाएपछि प्रदेशसभामा झरेका हुन्।

प्रकाशित: Nov 06, 2022| 16:47 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।