बिहीबार, वैशाख २०, २०८१

यी स्टार खेलाडीले गुमाउँदै छन् कतार विश्वकप

फुटबलमा नाम कमाएका विभिन्न देशका खेलाडी विश्वकप छनोटमा पर्न नसकेपछि र खेलका क्रममा घाइते भई प्रतियोगितामा समावेश हुन नसक्ने अवस्थाका कारण यस पटकको कतार विश्वकपमा खेल्न नपाउने भएका हुन्।
 |  आइतबार, कात्तिक २०, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- कतारमा फिफा विश्वकप सुरु हुन दुई साता मात्रै बाँकी छ।  सोही कारण अहिले फुटबल खेलपारखी प्रतियोगिताको प्रतीक्षा गरिरहेका छन्। प्रतियोगितामा सहभागी ३२ टिमको टुंगो लागिसकेको छ। उनीहरूलाई विभिन्न समूहमा विभाजन गरिसकिएको छ।

triton college

सधाझैं यस पटक पनि विश्वकपमा केही बलियो मानिएका टिमले प्रतियोगितामा स्थान बनाउन सकेनन्। फुटबलमा नाम कमाएका केही खेलाडीले विविध कारणले यस पटको विश्वकप गुमाउँदै छन्। यीमध्ये विश्वकप गुमाउने केही स्टार खेलाडी यस प्रकार छन्ः

पउल पोग्बा 
फ्रान्सका विश्वप्रसिद्ध मिडफिल्डर पउल पोग्बाले चोटका कारण विश्वकप गुमाउने निश्चित भएको छ। विश्व विजेता फ्रान्सका महत्त्वपूर्ण खेलाडी पोग्बा युभेन्टसमा ट्रेनिङको क्रममा खुट्टाको गोलीगाँठोमा चोट लागेपछि घाइते भएका हुन्। पोग्बाका निजी सहायक (पर्सन एजेन्ट) राफेला पिमेन्टाले पोग्बा विश्वकपमा सहभागी हुन बताएका छन्। 

सन् २०२२/२३ को ट्रान्सफर विन्डोमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट आफ्नो पुरानो इटालियन क्लब युभेन्टस फर्किएका थिए। तर चोटग्रस्त भएपछि उनले युभेन्टस्का लागि कुनै पनि खेल खेलेका छैनन्। पोग्बाले विश्वकप गुमाउने भएपछि फ्रान्सको मिडफिल्ड एरियामा ठूलो समस्या देखिने निश्चित छ।

एंगोलो कान्टे
लजालु स्वभावका फ्रान्सकै सबैभन्दा फुर्तिला खेलाडी हुन्, एंगोलो कान्टे। मिडफिल्ड लाइनबाट विपक्षी टिमका खेलाडीलाई दबाब दिन माहिर उनी घुँडाको सर्जरीका कारण विश्वकपमा नदेखिने भएका छन्। पोग्बा र कान्टेले विश्वकप गुमाउने भएपछि विश्वकपमा फ्रान्स अघिल्लो संस्करणको तुलनामा केही कमजोर देखिने भएको छ। इंग्लिस क्लब चेल्सीमा घाइते भएका उनले विश्वकपबाहेक अन्य केही महिनाका खेल पनि गुमाउने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

corrent noodles
Metro Mart

अर्लिङ हालान्ड 

जारी २०२२/२३ सिजनका शीर्ष गोल स्कोरर म्यानचेस्टर सिटीका युवा फर्वार्ड अर्लिङ हालान्डले अहिले सबै फुटबलप्रेमीको मन जितिरहेका छन्। जर्मन क्लब बोरुसिया डर्टमन्डबाट नयाँ ट्रान्सफर विन्डोमा सिटी आएका उनले त्यहाँबाट प्रिमियर लिग र च्याम्पियन्स लिगमा उच्च लयमा गोल गरिरहेका छन्। विश्वकप छनोटमा समूह ‘एच’ मा रहेको हालान्डको टिम नर्वे समूहको शीर्ष दुईमा रहन सकेन्। नेदरल्यान्ड र टर्कीले नर्वेलाई पछि पार्दै विश्वकपमा स्थान सुरक्षित गरेका थिए।

मोहमद सलाह
अफ्रिकन स्टार, जसले पछिल्ला वर्षामा आफ्नो उच्च प्रदर्शनका कारण अफ्रिकन मात्रै नभई संसारभरि नै आफ्नो लोकप्रियता बढाएका छन्। इंग्लिस क्लब लिभरपुलका मुख्य फर्वार्डका रूपमा रहेका उनी आफ्नो गोल र असिस्ट गर्ने कौशल तथा ड्रिब्लिङले प्रख्यात छन्। अफ्रिकाकपको फाइनलमा सेनेगलसँग स्तब्ध भएका सलाहको टिम इजिप्ट त्यसको एक महिना नबित्दै त्यही सेनेगलसँग विश्वकप छनोटमा १–० गोल अन्तरले पराजित भयो। त्यसपछि सलाहको टिम इजिप्टले विश्वकपमा स्थान बनाउन सकेन।

ज्लटान इभ्राइयामोभिक
४१ वर्षीय फुटबल स्टार ज्लटान इभ्राइयामोभिकलाई यस पटकको विश्वकपमा देख्न पाइने छैन्। उत्कृष्ट स्ट्राइकरका रूपमा आफ्नो पहिचान बनाएका उनको गोल गर्ने स्टाइल पनि धेरै चर्चिच छ। आफ्नो खेल करियरको अन्तिम क्षणमा आइपुगेका उनको टिम विश्वकप छनोटमा पोल्यान्डसँग स्तब्ध हुदै बाहिरिएको हो। इटालियन क्लब एसी मिलानबाट व्यावसायिक फुटबल खेलिरहेका उनी चोटका कारण मैदान बाहिर छन्। उनले चोटका कारण एक सिजन गुमाइसकेका छन् र उनलाई मैदान फर्कन अझै केही समय लाग्नेछ।      

लुइज डियास
इंग्लिस क्लब लिभरपुलका उदीयमान विंगर लुइस डियाज कोल्बियन मूलका खेलाडी हुन्। विश्व फुटबलमा प्रभाव पार्न सक्ने खेलाडीका रूपमा हेरिएका डियासको टिम कोलोम्बिया विश्वकपमा छनोट हुन सकेन। त्यस्तै, उनको टिम विश्वकपमा छनोट नहुनु मात्रै नभई डियास एक महिनाअघि प्रिमियर लिगको एक खेलमा चोटग्रस्त हुँदै मैदान छाडेका थिए। खुट्टाको गोलीगाँठोमा चोट लागेपछि उनी अझै दुई महिना मैदानबाहिर रहनेछन्।

जेम्स रोड्रिगेज
सन् २०१४ ब्राजिल फिफा विश्वकपका गोल्डेन बुट विजेता जेम्स रोड्रिगेजलाई कतार विश्वकपमा देख्न नपाइने भएको छ। उनको टिम  कोलोम्बिया अमेरिका क्षेत्रमा शीर्ष पाँचमा रहन नसकेपछि विश्वकपमा छनोट हुन सकेन। ३४ वर्षीय रियल मड्रिड र वार्यन म्युनिखका पूर्वखेलाडी जेम्सको टिमले कोपा अमेरिका २०२१ मा पनि तेस्रो स्थामा चित्त बुझाउनुपरेको थियो।

पिरे एमरिक ओभामियाङ
स्पेनिस क्लबमा सन् २०२१ को सिजन बिताएका उनी नयाँ सन् २०२२ को ट्रान्सफर विन्डोमा इंग्लिस क्लब चेल्सी गएका छन्। टिमको आवश्यकताअनुसार जुनसुकै ठाउँबाट गोल गर्ने शैली चर्चा बटुलेका ओभामियाङलाई यस पटकको विश्वकपमा नदेखिने भएको छ। उनको टिम ग्याबोन इजिप्टसँग पराजित भएर अफ्रिकाबाट विश्वकपमा स्थान बनाउन सकेन। 

इदिन जेको
इटालियन क्लब इन्टरमिलानका स्टार फर्वार्ड जेको बोस्निया हर्जगोभिनाका खेलाडी हुन्। युरोपको व्यावसायिक फुटबलमा उच्च क्रममा गोल गर्दै आएका उनी एक उत्कृष्ट अट्याकिङ खेलाडी हुन्। विश्वकप छनोटअन्तर्गत फ्रान्स र युक्रेनजस्ता बलिया टिमसँग खेलेका उनको टिमले विश्वकपमा स्थान बनाउन सकेन। उनी बोस्निया हर्जगोभिनाका कीर्तिमानी शीर्ष गोल स्कोरर हुन्। उनले टिमका लागि ६३ अन्तर्राष्ट्रिय गोल गरेका छन्। जेकोबाहेक उनको टिममा कुनै पनि खेलाडी ३० गोलको आँकडा पूरा गरेका छैनन्।

मार्कोस भेराटी
विश्वपकै सबैभन्दा प्रभावशाली मिडफिल्डर मार्कोस भेराटीले यस पटक पनि विश्वकप गुमाउने भएका छन्।  उनको टिम इटाली सन् २०१८ मा झैं यस पटकको विश्वकपमा पनि छनोट हुन सकेन। उत्कृष्ट मिडफिल्डरका रूपमा आफ्नो पहिचान बनाएका भेराटीले आफ्नो अन्तर्राष्ट्रिय करियरमा एक पटक सन् २०१४ मा मात्र विश्वकप खेलेका छन्। इटालीले सन् २०२० को युरोकप उपाधि जितेको थियो। त्यसपछि सबैको ध्यान आफूतिर तानेको इटाली अप्रत्यासित रूपमा विश्वकपमा छनोट हुन सकेन।

रियाद मारेज
इंग्लिस क्लब म्यानचेस्टर सिटीका सबैभन्दा महँगामध्येका एक महत्त्वपूर्ण खेलाडी हुन्, रियाद मारेज। प्रिमियर लिग तथा च्याम्पियन्स लिगमा गरेको उच्च प्रदर्शनका कारण सबैमाझ लोकप्रिय मारेजले कैयौं फ्यान फलोअर्स पनि बनाइसकेका छन्। क्लबबाहेक उनको देशबाट प्रदर्शन उच्च रहँदै आएको छ। सबै फ्यान उनलाई विश्वकपमा रमाइरहेको हेर्न चाहन्छन्। तर उनको टिम अल्जेरियाले यस पटकको विश्वकपमा स्थान बनाउन सकेन। विश्वकप छनोटमा क्यामरुनसँग पहिलो लेगमा १–० गोल अन्तर र दोस्रो लेगमा २–१ गोल अन्तरले पराजित भएपछि मारेजले आफ्नो टिमलाई विश्वकपमा पुर्‍याउन सकेनन्।

टिमो वेर्नर
चार पटकको विश्व विजेता जर्मनीका मुख्य फर्वार्ड टिमो वेर्नरले चोटका कारण विश्वकप गुमाउने निश्चित भएको छ। खुट्टाको गोलीगाँठोमा चोट लागेपछि उनले अफिसियल रूपमा प्रतियोगिता गुमाउने भएका हुन्। इंग्लिस क्लब चेल्सीबाट यसै सिजन पुरानो जर्मन क्लब आरबी लेइपिज फर्किएका उनी जर्मनीले विश्वकपका लागि टिम घोषणा गर्नु एक साताअघि घाइते भएका हुन्। चेल्सीलाई सन् २०२१ को च्याम्पियन्स जिताउन महत्त्वपूर्ण भूमिका वहन गरेका उनी आरबी लेइपिजका शीर्ष गोल स्कोरर पनि हुन्। २६ वर्षीय युवा फर्वार्ड वेर्नरले जर्मनीका लागि ५५ खेलमा २४ गोल गरेका छन्। 

डिएगो जोटा
लिभरपुलका पोर्चुगिच फर्वार्ड डिएगो जोटाले खुट्टाको चोटका कारण विश्वकप गुमाउने भएका छन्। एक महिनाअघि म्यानचेस्टर सिटीविरुद्धको खेलमा घाइते भएका उनले अझै दुई महिना खेल्न नसक्ने क्लबले बताएको छ। २५ वर्षीय फर्वार्डको अनुपस्थितिले पोर्चुगललाई विश्वकपमा अट्याकिङ लाइनमा केही समस्या आउन सक्ने सम्भावना रहेको छ। उनले पोर्चुगलका लागि २९ खेलमा १० गोल गरेका छन्। 

- समाचार एजेन्सीहरुको सहयोगमा

प्रकाशित: Nov 06, 2022| 19:09 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।