आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संविधानको अक्षरश: पालना गरेर समृद्धिको यात्रा तय गर्नुपर्छ : प्रकाशमान सिंह

संविधानको अक्षरश: पालना गरेर समृद्धिको यात्रा तय गर्नुपर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता तथा काठमाडौं १ का उम्मेदवार प्रकाशमान सिंहले संविधानको कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरेका छन्।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा काठमाडौं १ का उम्मेदवार प्रकाशमान सिंहले संविधानको कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरेका छन्।

शनिबार चुनाव प्रचारका क्रममा उनले मंसिर ४ को चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरेका हुन्।

‘संसद्को २ कार्यकाल संविधान लेखनमा गयो। बनाउन एक कार्यकाल संविधान जोगााउन लाग्यो, अब कार्यान्वयनमा लैजानुपर्‍यो’, उनले भने, ‘विधान अक्षरशः पालना गरेर स्थिरता र आर्थिक विकासका लागि गठबन्धनलाई मत आवश्यक छ।’ 

तीन तहले पूर्ण रूपमा काम गर्न नसक्दा संघीयताको महसुस हुन नसकेको उल्लेख गर्दै यसका लागि कांग्रेसलाई म्यान्डेट दिन समेत आग्रह गरे।

‘तीनै तहलाई अधिकार सम्पन्न गर्नका लागि संविधानको अनूसूचीमा रेहको अधिकार सूचीअनुसार कानुन बनाउन आवश्यक छ’, उनले भने, ‘यसअघि सरकारमा रहेकाहरूलाई कार्यान्वयनको अवसर थियो तर, संविधान मास्न मात्रै लागिपरे। कांग्रेसले त्यो अवसर पाएन। संविधान कार्यान्वयनको सुनिश्चिततासँगै विकासका लागि निर्वाचनमा कांग्रेसलाइ म्यान्डेड दिनु आवश्यक छ।’

प्रकाशित: Nov 05, 2022| 09:35 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...