आइतबार, साउन १७, २०८३

ओलीलाई रावलको प्रश्न : ७० काटिसकेपछि पनि पद खान किन मुख बाउनु भएको?

एमाले नेता भीम रावलले कञ्चनपुरको चुनावी सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलक्षित उत्तेजित भाषण गरेको बताएका छन्।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

काठमाडौं- एमाले नेता भीम रावलले कञ्चनपुरको चुनावी सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलक्षित उत्तेजित भाषण गरेको बताएका छन्।

कञ्चनपुरको चुनावी सभामा डडेलधुरामा नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई एमालेले समर्थन गर्ने घोषणा गर्दैगर्दा दर्शकदीर्घाबाट 'भीम रावल, भीम रावल' नारा लागेपछि अध्यक्ष ओली आक्रोशित बनेका थिए।

अध्यक्ष ओलीले जवाफ दिँदै भने, 'भीम रावलको तपाईलाई किन चिन्ता, ४८ सालदेखि एक छिन मुख खाली छैन, बूढो भइसक्नु भयो, बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनु पर्दैन, एउटै भीम रावल, भीम रावल, केको खेती गरिराख्या भीम रावल, के भीम रावल, थुप्रै रावलहरू हुनुहुन्छ नि त सुदूरपश्चिममा थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ।'

रावलले प्रतिक्रिया दिँदै उक्त अभिव्यक्तिले उनीभित्र बलिरहेको क्रोध, बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदांगो भएको जनाएका छन्। रावलले ४८ सालदेखि निरन्तर सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री भएका ओलीलाई पुन: किन उठेको भनेर प्रश्न गरेका छन्। 

रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ' मलाई ४८ सालमा तत्कालिन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भए पनि हाम्रा मतहरु सुरक्षित गर्न अछाममा गएर लड्नु होस् भन्दा म तयार भएँ तर सांसद ५१ सालदेखि मात्र भएँ। ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ, कहिल्यै 'मुख खाली छैन' र फेरि पनि 'खान' का लागि किन मुख बाउनु भएको त?'

प्रकाशित: Nov 05, 2022| 07:40 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...