आइतबार, साउन १७, २०८३

गठबन्धनलाई हराउने कुनै शक्ति छैन : झलनाथ खनाल

‘यसअघि हामीले विभिन्न निर्वाचनमा अलग–अलग प्रतिस्पर्धा गरेर आएका हौं,’ उनले भने, ‘तर, यो पटक देश, संविधान र गणतन्त्र बचाउनका लागि भएपनि गठबन्धन आवश्यक परेको हो।’
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाम र झापामा गठबन्धनलाई आउँदो चुनावमा हराउने कुनै पनि शक्ति नभएको बताएका छन्।

इलाम क्षेत्र १ को गठबन्धनका उम्मेदवार रहेका खनालले आफूहरू अहिले गठबन्धनको महाभियानमा रहेको बताए। इलाम र झापाको सीमा बहुवनस्थित बेंसीबजारमा शुक्रबार आयोजित चुनावी कार्यक्रममा खनालले देश अग्रगतिमा लैजान गठबन्धन आवश्यक रहेको पनि बताए।

‘यसअघि हामीले विभिन्न निर्वाचनमा अलग–अलग प्रतिस्पर्धा गरेर आएका हौं,’ उनले भने, ‘तर, यो पटक देश, संविधान र गणतन्त्र बचाउनका लागि भएपनि गठबन्धन आवश्यक परेको हो।’ बहुदलीय व्यवस्थामा दलहरू चुनावमा जानु स्वभाविक भएको तर अहिले परिस्थिति विशेष भएकाले गठबन्धन गर्नुपरेको उनको भनाइ छ।  

उनले गठबन्धनको उद्देश्य ५ वर्ष निर्विवाद ढंगले चल्ने संसद् निर्माण गर्नु र स्थिरता कायम गर्नु नै भएको उनले जनाए। ‘आज यो गठबन्धन पवित्र गठबन्धनका रूपमा छ,’ उनले भने, ‘यो गणतन्त्रवादीको गठबन्धन हो।’

उनले एमालेले राजतन्त्रवादीसँग गठबन्धन गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली गणतन्त्र पक्षधर नभएको आरोपसमेत लगाए। कार्यक्रमलाई नेपाली कांग्रेस महामन्त्री तथा झापा क्षेत्र १ बाट गठबन्धनका उम्मेदवार विश्वप्रकाश शर्माले समेत सम्बोधन गरेका थिए।

प्रकाशित: Nov 04, 2022| 21:46 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...