आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा (माओवादी समाजवादी)को घोषणापत्र, वैज्ञानिक समाजवादका लागि जनविद्रोह गर्ने

नेकपा (माओवादी समाजवादी)को घोषणापत्र, वैज्ञानिक समाजवादका लागि जनविद्रोह गर्ने

वैज्ञानिक समाजवाद स्थापनाको लागि जनविद्रोहमार्फत वैचारिक, राजनीतिक, सङ्गठनात्मक, आर्थिक, सङ्घर्ष र अन्तरराष्ट्रिय आधार तय गर्ने प्रतिबद्धता गरेको छ।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं- नेकपा (माओवादी समाजवादी)ले आगामी मङ्सिर ४ गतेको निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको छ। कर्णजित बुढाथोकी नेतृत्वको सो पार्टीले आज पत्रकार सम्मेलन गरी वैज्ञानिक समाजवाद स्थापनाको लागि जनविद्रोहमार्फत वैचारिक, राजनीतिक, सङ्गठनात्मक, आर्थिक, सङ्घर्ष र अन्तरराष्ट्रिय आधार तय गर्ने प्रतिबद्धता गरेको छ।

पार्टीको चुनाव चिह्न ‘महिला र पुरुषको तस्बिर’ रहेको छ। पार्टीले वैज्ञानिक समाजवाद स्थापना नभइसकेको सङ्क्रमणकालीन चरणमा सबै राजनीतिक दल, पक्षको स्वामित्व सुनिश्चित हुनेगरी अग्रगामी राजनीतिक निकासको लागि राष्ट्रिय राजनीतिक जन–परामर्श सम्मेलनमार्फत जनपक्षीय, सर्वदलीय राष्ट्रिय संयुक्त सरकार गठन गर्नेसमेत घोषणा गरेको छ। 

‘पार्टीले १० वर्षे जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा तथा अपाङ्गता भएकालाई आजीवन निःशुल्क उपचारको व्यवस्था गर्ने, पूर्वजनमुक्ति सेनालाई मासिक २० हजार गणतान्त्रिक भत्ताको लागि सङ्घर्ष गर्ने घोषणा गरिन्छ’ घोषणापत्रमा भनिएको छ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य उपचार, स्वच्छ खानेपानी र बिजुली बत्तीको निःशुल्क व्यवस्था गर्ने अठोट पार्टीले लिएको छ। पर्यटन विकास र प्राकृतिक श्रोत साधन, सम्पदा संरक्षण, प्रवर्द्धन, उचित व्यवस्थापन र वितरण गरिने प्रतिवद्धता गर्नुका साथै गरिएको राष्ट्रिय पुँजी, उद्योगको संरक्षण गर्ने पार्टी जोड छ।

प्रकाशित: Nov 04, 2022| 22:05 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...