शनिबार, कात्तिक ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • गन्यापधुरामा देउवाले भने– चुनाव जिताउनुभयो भने फेरि प्रधानमन्त्री हुन्छु

गन्यापधुरामा देउवाले भने– चुनाव जिताउनुभयो भने फेरि प्रधानमन्त्री हुन्छु

चुनाव प्रचारका लागि गृहजिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव जितेमा आफूले फेरि प्रधानमन्त्री बन्ने अवसर पाउने बताएका छन्।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं– चुनाव प्रचारका लागि गृहजिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव जितेमा आफूले फेरि प्रधानमन्त्री बन्ने अवसर पाउने बताएका छन्।

Kumaribank

शुक्रबार गृहपालिका गन्यापधुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै देउवाले जनताले जिताएर पठाएमा मात्र आफू आगामी दिनमा प्रधानमन्त्री बन्न पाउने बताए। देउवाले भने, ‘तपाईंहरूको सहयोगले भोलिका दिनमा पनि प्रधानमन्त्री हुने मौका पाउनेछु।’

उनले संविधानलाई जोगाउनुपर्ने अहिलेको आवश्यकता भएको पनि बताए। ‘संविधान च्यात्न खोज्ने ओलीजीबाट सजक हुन आवश्यक छ,’ उनले भने। स्वतन्त्र न्यायपालिकाका लागि सत्ता गठबन्धन लागिपरेको उनको भनाइ छ। 

देउवाले मंसिर ४ गते निर्वाचनमात्र नभई संविधान च्यात्न चाहने शक्तिविरुद्धको लडाइँ पनि भएको बताए। ठूलो मूल्य चुकाएर आएको संविधान च्यात्ने प्रयत्न रोक्नुपर्ने भएकोले गठबन्धनलाई मत दिन उनले आग्रह गरे। देउवाले भने, ‘संविधान च्यात्ने काममा ओलीजीहरुको भूमिका ठूलो छ।’

डडेलधुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका प्रधानमन्त्री देउवा बिहीबारदेखि गृहजिल्लामा चुनावी सभा र भेटघाटमा व्यस्त छन्।

Metro Mart


प्रकाशित: Nov 04, 2022| 19:03 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।