शनिबार, मंसिर २७, २०८२

डडेलधुरामा कर्ण मल्ललाई एमालेको समर्थन कायमै छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डडेलधुरामा कर्ण मल्ललाई नै समर्थन हुने बताएका छन्।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डडेलधुरामा कर्ण मल्ललाई नै समर्थन हुने बताएका छन्। शुक्रबार महेन्द्रनगरको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले डडेलधुरामा कांग्रेसबाट विद्रोह गरेका मल्ललाई दिएको समर्थन कायमै रहेको स्पष्ट पारेका हुन्।

National life

उनले भने, ‘हामी हाम्रो प्रतिबद्धतामा कायमै छौं। मैले सुनें त्यहाँ कसैले बक्तव्य निकाल्यो भनेर। तर त्यस्तो अधिकार अरुलाई छैन।’

डडेलधुरा एमाले कमिटीले भने मल्ललाई समर्थन नगर्ने निर्णय गरेको छ।

अध्यक्ष ओलीले आसन्न निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउनुपर्नेमा जोड दिए। विकास, शान्ति, जनता र राष्ट्रियताका लागि एमालेले एक्लै बहुमत ल्याउन आवश्यक रहेको उनको तर्क थियो।

ओलीले भने, ‘एमाले एक्लैले बहुमत ल्याउन परेको छ। अनि मात्रै देशमा विकासको अभियान चल्न सक्छ।’ विगतमा एमाले पहिलो वा दोस्रो पार्टी हुने गरेको भए पनि बहुमत नपाएको उनले स्पष्ट गरे। ‘अहिले २०७४ सालमा बमुहत प्राप्त गरेर सरकार चलाउन सकेन भनेर हल्ला हुँदैछ। ०७४ मा प्रत्यक्षतर्फ एमालेलाई १६५ मा ८०, समानुपातिकतर्फ ११० मा ४१ सिट मात्रै आयो।’

Laxmi sunrise bank
kumari

उनले अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ तीन सिट र समानुपातिकतर्फ १४ सिट बहुमतका लागि अपुग रहेको बताए। मुलुक सञ्चालनका लागि टालाटुली नभई सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको उनको भनाइ थियो।

प्रकाशित: Nov 04, 2022| 18:18 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।