आइतबार, जेठ ३१, २०८३

घनश्याम भुसाल भन्छन्-'सुखी नेपाली, समृद्ध नेपाल' मेरो प्रस्ताव हो

पूर्वएमाले नेता घनश्याम भुसालले 'सुखी नेपाली, समृद्ध नेपाल'को एजेन्डा आफ्नो प्रस्तावमा ल्याइएको बताएका छन्।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

रुपन्देही- पूर्वएमाले नेता घनश्याम भुसालले 'सुखी नेपाली, समृद्ध नेपाल'को एजेन्डा आफ्नो प्रस्तावमा ल्याइएको बताएका छन्।

National life

त्रिभुज चिह्न लिएर सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही-१ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले 'सुखी नेपाली समृद्ध नेपाल’ नारा प्रस्तावमा एमालेले तय गरेको बताए।

रुपन्देहीको देवदहमा मतदातासँग कुरा गर्दै नेता भुसालले लोकतान्त्रिक गठबन्धनले मात्र मुलुकलाई सम्बृद्धिको दिशामा लैजान सक्ने भएकाले गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे। संविधानको रक्षा र लोकतन्त्रको विकास विना सम्बृद्धिको सपना पूरा नहुने भन्दै निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग संविधानको रक्षा गर्छौ कि गर्दैनौं? भनेर प्रश्न गर्न भुसालले आग्रह गरे।

आफू यस क्षेत्रको विकासका लागि समर्पित भएर लाग्ने र त्यो आफूले कुराले नभइ व्यवहारमै गरेर देखाउने उनको प्रतिवद्धता छ। 

त्यसैगरी रुपन्देही क्षेत्र नम्बर १ (१) का उम्मेदवार बिश्वनाथ यादवले गठबन्धनभित्रका उम्मेदवारहरु विकास होस् या व्यवहार हरेक क्षेत्रमा इमानदार भएको बताए। पुनर्वास र क्षेत्र नम्बर १ को भौतिक विकासका लागि गठबन्धनका उम्मेदवारहरू अग्रपङ्क्तिमा रहेर काम गर्ने उनले बताए। 

Shivam cement

त्यस्तै प्रदेश १(२) का उम्मेदवार अब्दुल रज्जाकले प्रत्येक मतदातालाई सजक र सचेत गराउन जरुरी रहेको बताएका छन् । मतदातालाई पटकपटक झुटो आश्वासन मात्र दिने काम भएको बताउँदै नेता रज्जाकले मुलुक समृद्ध बनाउन बाम लोकतान्त्रिक गठबन्धनको विकल्प नरहेको बताए।

प्रकाशित: Nov 04, 2022| 12:44 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...