रुपन्देही- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा स्वतन्त्रता र स्वाधिनताको रक्षाका लागि नेकपा एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन्।
शुक्रबार रुपन्देही क्षेत्र नम्बर २ मा आसन्न निर्वाचन प्रयोजनार्थ चुनावी प्रचारका लागि घरदैलो कार्यक्रमको शुरुवात गर्दै उनले विश्वासको मार्गमा देशलाई अघि बढाउन मुलुकमा एमालेको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका हुन्।
'राष्ट्रका माग सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधीनता रक्षा गर्न नेकपा एमाले नेतृत्वको सरकार बन्न आवश्यक छ,' उनले भने। उनले संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता र विकास सुनिश्चित गर्नका लागि आसन्न निर्वाचनमा नेकपा एमालेलाई जिताउन मतदातालाई आग्रह गरेका छन्।
उनले नेकपा एमालेको सरकार हुँदा विकास निर्माणका कामले गति लिएको र आगामी सरकार नेकपा एमालेको बनेपछि पनि गरेका प्रतिवद्धता पूरा गर्ने बताए।