आइतबार, साउन १७, २०८३

प्रचण्ड भन्छन्- चुनाव जितेर निर्वाचनपछि प्रधानमन्त्री हुन सक्छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि आफूले देशको नेतृत्व लिने सम्भावना रहेको बताएका छन्।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि आफूले देशको नेतृत्व लिने सम्भावना रहेको बताएका छन्।

गठबन्धन दलको चुनावी कोणसभालाई गोरखा नगरपालिका-१४, याङकोटमा शुक्रबार सम्बोधन गर्दै अध्यक्ष दाहालले गोरखाबाट निर्वाचन जितेर चुनावपछि आफूले देशको नेतृत्व लिने सम्भावना बढेको बताएका हुन्।

'सुरेन्द्रराज पाण्डे जितेपछि गण्डकीको मुख्यमन्त्री बन्नेछन्। यो निर्वाचनपछि मैले देशको नेतृत्व लिने सम्भावना छ। मैले जिते गोरखाको विकासमा तीव्रता ल्याउँछु,' उनले भने, 'म यसअघि  रोल्पा र काठमाडौंबाट लडेको हो। मेरो आवश्यकता र उद्देश्य देशलाई शान्तितिर लैजानु थियो। सिरहामा मधेशको विश्वास जित्न गएको हो।'

चितवनका जनताले प्रचण्ड रोल्पा, काठमाडौं र सिरहा गएको गुनासो गरेपछि तेस्रो चुनाव आफूले गृहजिल्ला चितवनमा लडेँको उनको भनाइ छ। उनले गोरखामा पनि विकास र समृद्धिको सपना बोकेर आएको उनले बताए। 

'धेरैले बाटोकै कुरा गर्नु भयो। सबै धुला बाटाहरूलाई पिच गर्ने वाचा गर्छु', उनले भने, 'गोरखकाली रवर उद्योगलाई पनि नयाँ योजना ल्याउँछु। माओवादी र कांग्रेस मिलिसकेपछि यहाँ असाधारण बहुम आउँछ। देशमा अन्यत्र भन्दा गोरखामा अत्यधिक मत ल्याएर विजयी भएमा ठूलो सन्देश जान्छ।'

दाहाले गोरखामा आफ्नो जित संसारले देख्नुपर्ने बताए। 'गोरखाको जित संसारले देख्नुपर्छ। यहाँ हामीले राम्रोसँग मतदान गर्यौँ भने यसको सन्देश संसारभर जान्छ', उनले भने।

प्रकाशित: Nov 04, 2022| 12:17 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...