आइतबार, साउन १७, २०८३

भूपू गोर्खा र बेलायती रक्षा मन्त्रालयबीच वार्ता

ब्रिटिश सेनाबाट सेवानिवृत्त गोर्खा सैनिक र बेलायती रक्षा मन्त्रालयबीच वार्ता भएको छ।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं- ब्रिटिश सेनाबाट सेवानिवृत्त गोर्खा सैनिक र बेलायती रक्षा मन्त्रालयबीच वार्ता भएको छ। सन् १९९७ भन्दा पहिले सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकले ब्रिटिश सैनिकसरह समान पेन्सन पाउनु पर्ने, पूरक पेन्सन, अङ्गभङ्ग भएका मृतकहरूको परिवारका लागि एकमुस्ट भुक्तानी, कल्याणकारी कार्यलगायत समाधान गर्न बाँकी रहेका माग राख्दै भूपू गोर्खा सैनीत आन्दोलित रहेका थिए।

ब्रिटिश रक्षा मन्त्रालयमा भएको औपचारिक वार्तामा रक्षा तथा भेट्रान्स सहायकमन्त्री डा. एन्ड्रु मोरिसनले अब आफ्ना माग पूरा गराउन भूतपूर्व गोर्खा सैनिकले भोक हडताल गर्ने स्थिति नआउने बताएका छन्। 

गोर्खा प्रतिनिधिहरूको उपस्थितिमा बेलायत तथा नेपाल सरकारबीच सुरु भएको वार्तामा ब्रिटिश पक्षको नेतृत्व सहायकमन्त्री मोरिसन र  नेपाली पक्षको नेतृत्व बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गरेका थिए।

भेट्रान्स सहायकमन्त्री डा. मोरिसनले हाल बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिकको कल्याण (वेलफेयर) मा मात्रै वार्ता केन्द्रित गर्न आग्रह गरेका थिए। तर, राजदूत आचार्यले भूतपूर्व गोर्खा सैनिकको समान पेन्सन र विभेदमा वार्ता केन्द्रित हुनुपर्ने माग गरेका थिए। 

प्रत्युत्तरमा बेलायती मन्त्री मोरिसनले पेन्सनको सवाल ‘जटिल’ भएको, तर आफू मन्त्रालयमा आएको तीन दिनमात्र भएकाले यसबारे थप बुझेर अर्को वार्तामा छलफल गर्ने आश्वासन दिएको बताइएको छ।

यसैबीच बिहीबार बिहान मध्य लन्डनमा सैयौं भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारजनहरूले शान्तिपूर्ण प्रदर्शन गरेका थिए। उनीहरूले ‘गोर्खाहरूलाई समान पेन्सन देउ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रकाशित: Nov 04, 2022| 11:15 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...