आइतबार, जेठ ३१, २०८३

प्रकाशमानले थाले घरदैलो अभियान

नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै चुनावी घरदैलो अभियान सुरु गरेका छन्।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै चुनावी घरदैलो अभियान सुरु गरेका छन्। 

National life

नेता सिंहले शुक्रबार बिहान पुरानोबानेश्वरबाट घरदैलो अभियान सुरु गरेका हुन्। अभियान सुरु गर्नुअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न, संघीय शासन व्यवस्थालाई मजबुत बनाउन, संविधानको रक्षा गर्न वाम–लोकतान्त्रिक गठबन्धनको आवश्यकता परेको बताए।

अहिलेको गठबन्धनले नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान अनुसारको व्यवस्थालाई थप मजबुत बनाउँदै देशमा राजनीतिक स्थिरता ल्याउने उनको भनाइ छ।

प्रकाशमानले काठमाडौं १ बाट लगातार तीन वटा चुनाव जितेका छन्। यसपटक उनीसँग नेकपा एमालेका किरण पौडेल, राप्रपाबाट रविन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेपाल सुशासन पार्टीबाट रमेश खरेललगायत प्रतिस्पर्धामा छन्।

प्रकाशित: Nov 04, 2022| 09:35 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...