आइतबार, साउन १७, २०८३

दार्चुलाबाट एमालेको चुनावी सभा सुरु हुँदै, ओलीले सम्बोधन गर्ने

नेकपा एमालेको चुनावी आमसभा आज सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने भएको छ।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं- नेकपा एमालेको चुनावी आमसभा आज सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने भएको छ। चुनावी सभालाई सम्बोधन गर्न बिहीबार नै धनगढी पुगिसकेका एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन्। 

एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्ययका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो।

ओली नेतृत्वको सरकारले अढाइ वर्ष अघि लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको भूगोल समेटेर नक्सा जारी गरेको थियो।

ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ। ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन्।

 चुनावी अभियानका क्रममा ओली ४० जिल्लामा पुग्ने कार्यतालिका छ। 

प्रकाशित: Nov 04, 2022| 07:10 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...