सोमबार, असार १, २०८३

ट्र्याक्टर चालकको सिटमा विनोद चौधरी

सत्तागठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका उनी रुख चिह्न (नेपाली कांग्रेस)का लागि भोट माग्दैछन्।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं- डलर अर्बपति विनोद चौधरी घरदैलो कार्यक्रमका लागि यतिबेला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ मा घरदैलो कार्यक्रमका लागि खटिइरहेका छन्। सत्तागठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका उनी रुख चिह्न (नेपाली कांग्रेस)का लागि भोट माग्दैछन्। 

National life

घरदैलो कार्यक्रमका बेला उनले विभिन्न नयाँ नयाँ गतिविधिमा सामेल भएको तस्बिर पनि राख्दै आएका छन्। बिहीबार चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा ट्र्याक्टर चालकको सिटमा बसेको तस्बिर अपलोड गरेका छन्। 

सँगै उनले कृषकको खुशीका लागि काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। 'बाटोमा जन्मिएर, माटोमा हुर्किने किसान हाम्रो अन्नदाता हुनुहुन्छ। अत्याधुनिक प्रविधि सहितको कृषिमा आधुनिकीकरण अनि व्यवसायिकता हाम्रो पहिलो प्राथमिकतामा रहनेछ,' उनको फेसबुकमा लेखिएको छ, 'किसान खुसी भए यो देशको माटो खुसी हुन्छ। देशको माटो खुसी हुनु भनेको मातृभूमि खुसी हुनु हो।'

यसअघि पनि घरदैलो अभियानकै क्रममा उनले मोटरसाइकलको पछाडि बसेको फोटो पनि सेयर गरेका थिए। 

प्रकाशित: Nov 03, 2022| 20:54 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...