सोमबार, असार १, २०८३

गठबन्धनलाई १०-१५ वर्ष लैजाने ईच्छा छ : प्रधानमन्त्री देउवा

‘संविधानको रक्षाका निमित्त गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने इच्छा छ,’ सत्ता गठबन्धनले बिहीबार डडेल्धुरामा आयोजना गरेको चुनावीसभामा बोल्दै देउवाले भने।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९
National life
Shivam cement

डडेल्धुरा- प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनलाई १०-१५ वर्ष लैजाने आफ्नो ईच्छा रहेको बताएका छन्। केपी शर्मा ओलीका असंवैधानिक गतिविधिका कारण आफू प्रधानमन्त्री हुन बाध्य भएको बताएका देउवाले यस्तो उल्लेख गरेका हुन्। 

‘संविधानको रक्षाका निमित्त गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने इच्छा छ,’ सत्ता गठबन्धनले बिहीबार डडेल्धुरामा आयोजना गरेको चुनावीसभामा बोल्दै देउवाले भने, 'मेरो इच्छा नभए पनि सबैको आग्रहमा प्रधानमन्त्री भएको हुँ।' 

पश्चिम सेती परियोजना निर्माणको काम अघि बढिसकेको दाबी गरेका उनले धनगढी–डडेल्धुरा चार लेनको सडक अझ सुन्दर बनाउने बताएका थिए। डडेल्धुरामा मेडिकल कलेज बनाउने कामको सुरुवात भइसकेको उनको भनाइ थियो। 

प्रकाशित: Nov 03, 2022| 18:37 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...