आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रतिस्पर्धी प्रधानमन्त्रीलाई स्वागत गर्न फूलमाला लिएर पुगे सागर ढकाल

प्रतिस्पर्धी प्रधानमन्त्रीलाई स्वागत गर्न फूलमाला लिएर पुगे सागर ढकाल

देउवालाई हराउन मैदानमा उत्रिएका ढकाल उनकै स्वागतमा फूलमाला लिएर लाइनमा बसेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

डडेल्धुरा- डडेल्धुरामा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल आफ्ना प्रतिस्पर्धीसमेत रहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई स्वागत गर्न फूलमालासहित लाइन बसेका छन्।

देउवालाई हराउन मैदानमा उत्रिएका ढकाल उनकै स्वागतमा फूलमाला लिएर लाइनमा बसेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। चुनावी प्रचारप्रसारका क्रममा बिहीबार डडेल्धुरा पुगेका देउवालाई स्वागत गर्न उनकै प्रतिस्पर्धी ढकाल माला लिएर लाइन बसेका हुन्। 

पछिल्लो समय उनी डडेल्धुरामा घरदैलो कार्यक्रम गरिरहेका ढकालले आफूलाई नागरिकले भव्य स्वागत गरेको र आफूले जित्ने बताउँदै आएका छन्। प्रधानमन्त्रीलाई स्वागत गरेको विषयमा उनले कुनै प्रतिक्रिया दिएका छैनन्।  

देउवा चार दिनसम्म गृहजिल्लामा बसेर मतदाता भेटघाट गर्ने कार्यक्रम छ। उनी २० कात्तिकमा काठमाडौं फर्कने छन्। 

प्रकाशित: Nov 03, 2022| 15:07 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...