शनिबार, कात्तिक ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • देउवा गृहजिल्ला पुग्दानपुग्दै डडेल्धुरा कांग्रेसका दुई पूर्वसभापतिको समर्थन मल्ललाई

देउवा गृहजिल्ला पुग्दानपुग्दै डडेल्धुरा कांग्रेसका दुई पूर्वसभापतिको समर्थन मल्ललाई

कांग्रेस सभापतिका तथा प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो चुनाव प्रचारका लागि आज डडेल्धुरा पुग्दैछन्। देउवा सत्तारुढ गठबन्धनका तर्फबाट डडेधुरामा प्रतिनिधिसभा सदस्य साझा उम्मेदवार छन्।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं– कांग्रेस सभापतिका तथा प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो चुनाव प्रचारका लागि आज डडेल्धुरा पुग्दैछन्। देउवा सत्तारुढ गठबन्धनका तर्फबाट डडेधुरामा प्रतिनिधिसभा सदस्य साझा उम्मेदवार छन्। 

Kumaribank

उनी राजधानीबाट बुधबार नै धनगढी पुगेर बसेका हुन्। देउवाको डडेलधुरामा ४ दिने चुनाव प्रचार प्रसारको कार्यक्रम रहेको छ। तर चुनाव प्रचारका लागि देउवा गृह जिल्ला नपुग्दा नेपाली कांग्रेसका दुई पूर्व जिल्ला सभापति देउवा विरुद्धका उम्मेदवारलाई सर्मथन जनाएका छन्। देउवाविरुद्ध मैदानमा रहेका नेपाली कांग्रेस (बीपी) का वरिष्ठ उपाध्यक्ष रहेका कर्ण मल्ललाई डडेलधुरा कांग्रेसका दुई पूर्वसभापति रामचन्द्र चटौत र शेरबहादुर ढाटले समर्थन गरेका हुन्।

उनीहरूले प्रतिनिधिसभामा मल्ललाई र प्रदेशसभामा तारा जोशीलाई समर्थन गरेका छन्। प्रधानमन्त्रीविरुद्ध उम्मेदवारी दिएका मल्ल र गठबन्धनविरुद्ध उम्मेदवारी दिएका नेकपा एसका जोशीबीच पनि डडेल्धुरामा तालमेल छ। उनीहरू दुवैलाई दुई पूर्वसभापतिले समर्थन जनाएका हुन्। डडेल्धुरामा कांग्रेस र शेरबहादुर देउवाका नामबाट सीमित व्यक्तिहरूले जनतामाथि जनताकै मत प्राप्त गरी गर्ने अन्याय, अत्याचार शोषण र दमनबाट मुक्ति दिलाउन मल्ल र जोशीलाई समर्थन गरिएको उनीहरुद्धारा जारी विज्ञप्तीमा उल्लेख  छ।

कांग्रेस बीपीले डडेल्धुराको प्रदेश सभा ख मा स्वतन्त्र उम्मेदवार तारा जोशीलाई समर्थन गरेको छ।  जोशी सत्तारुढ नेकपा एकीकृत समाजवादीमा आवद्ध भएर राजनीतिमा सक्रिय छन् । यसअघि कांग्रेस बीपीले नेकपा एमालेसँग गरेको चुनावी तालमेल तोडेको थियो।

प्रकाशित: Nov 03, 2022| 14:14 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।