सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र : पार्टी छाडेको १० वर्षपछि मात्रै राष्ट्रपति

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र : पार्टी छाडेको १० वर्षपछि मात्रै राष्ट्रपति

राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचा पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचा पत्र सार्वजनिक गरेको हो।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचा पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचा पत्र सार्वजनिक गरेको हो।

National life

पार्टीले निर्दलीय व्यक्ति मात्रै राष्ट्रपति बन्न पाउनुपर्ने अजेन्डालाई प्राथमिकताका साथ अघि सारेको छ। औपचारिक रूपमा पार्टी परित्याग गरेको व्यक्ति नभइ, १० वर्षसम्म कुनै पनि राजनीतिक दलमा नलागेको व्यक्ति मात्रै राष्ट्रपति हुनुपर्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीले वाचा पत्रमा समेटेको छ।

त्यस्तै, अहिलेको उपराष्ट्रपतिको व्यवस्था काम नलाग्ने भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभाका अध्यक्षलाई नै उपराष्ट्रपति बनाउनुपर्ने धारणा राखेको छ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको भनाइ छ।

प्रकाशित: Nov 03, 2022| 12:30 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...