मंगलबार, असोज १३, २०८३

माओवादी पीडितलाई भेटेर मलमपट्टी लगाउन चाहन्छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालीन माओवादी द्वन्द्वबाट पीडित कांग्रेसका परिवारलाई भेटेर मलम पट्टी लगाउन चाहेको बताएका छन्।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालीन माओवादी द्वन्द्वबाट पीडित कांग्रेसका परिवारलाई भेटेर मलम पट्टी लगाउन चाहेको बताएका छन्। 

गोरखा जिल्लाका वाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभा तथा प्रदेश सभा उम्मेदवारहरूको परिचयात्मक भेटघाट कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले माओवादीबाट पीडित परिवारलाई भेटेर मलम पट्टी लगाउन चाहेको बताए।

आफूले गोरखामा माओवादी आन्दोलनको दौरानमा या द्वन्द्वको क्रममा पीडामा परेका कांग्रेसका परिवार जसले क्षति बेहोरेका वा ठूलो पीडा भोगेका छन् उनीहरूलाई भेट्न चाहेको बताए। 'म उहाँहरूको कुरा सुन्न चाहन्छु। उहाँहरूका कुरा सुनेर मलम पट्टी लगाउन चाहेको छु,’ प्रचण्डले भने।

माओवादी केन्द्रका पीडित परिवारलाई भेट्ने र भेटि पनि रहेको उनको भनाइ थियो। 'मैले आवश्यक र महत्व कांग्रेस पीडित परिवारलाई भेटेर यो शान्ति सम्झौताको के अर्थ थियो? यो सम्झौता कसरी हुन पुग्यो? शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका निम्ति हामी सबैले के भूमिका खेल्नु पर्दछ भन्ने बारेमा उहाँहरुको कुरा सुन्न चाहेको छु,’ उनले भने।

आफ्नो र गिरिरजाप्रसाद कोइरालाको समेत भावनालाई समेटेर कांग्रेसका पीडित परिवारलाई भेट्न खोजेको प्रचण्डले बताए।

प्रकाशित: Nov 03, 2022| 12:15 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...