आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गोरखामा असाधारण मत संख्याले गठबन्धनका उम्मेदवारलाई जिताउनैपर्छ : नारायणकाजी

गोरखामा असाधारण मत संख्याले गठबन्धनका उम्मेदवारलाई जिताउनैपर्छ : नारायणकाजी

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखामा असाधारण मत संख्याले सत्ता गठबन्धनका उम्मेदवारले चुनाव जित्नुपर्ने बताएका छन्।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखामा असाधारण मत संख्याले सत्ता गठबन्धनका उम्मेदवारले चुनाव जित्नुपर्ने बताएका छन्।

गोरखामा कांग्रेस र माओवादी प्रतिस्पर्धी शक्ति भए पनि अहिले एकै ठाउँ भएकाले सत्ता गठबन्धनका उम्मेदवारले असाधारण मत संख्याले चुनाव जित्नुपर्ने उनले बताएका हुन्।

बिहीबार काठमाडौंको लैनचौरमा भएको कार्यक्रममा बोल्दै श्रेष्ठले गोरखामा सत्ता गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको दाबी गरे। गोरखा–१ मा कांग्रेस नेता राजेन्द्र बजगाईं र २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार छन्।

‘गोरखामा प्रतिस्पर्धा भनेकै माओवादी र कांग्रेसबीच हुने गथ्र्यो। दुइटै मिल्दा पनि थोरै भोट आए के हुन्छ?’ उनले भने, ‘त्यसकारण प्रतिस्पर्धाविहीन भएको गोरखामा असाधारण मत संख्याले हाम्रा उम्मेदवारले विजय प्राप्त गरे भनेर पुष्टि गर्नु छ।’

उनले सत्ता गठबन्धनका उम्मेदवार जितिहाल्छन् भनेर भोट हाल्न नजाने प्रवृत्ति हुन सक्नेतर्फ सचेत गराए। ‘माओवादी र कांग्रेसले नयाँ शिराबाट काम गर्ने र आफूलाई प्रस्तुत गर्ने बेला आएको छ। माओवादीको भोट कांग्रेसमा हस्तान्तरण हुन्छ कि हुन्न र कांग्रेसको भोट माओवादीमा हस्तान्तरण हुन्छ कि हुन्न भन्ने चिन्ता अहिले चुनावबाट पुष्टि गर्नुपर्ने उनले बताए।

प्रकाशित: Nov 03, 2022| 12:11 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...