काठमाडौं- निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मनोनयनका क्रममा बाजा बजाएको हो वा होइन त्यसबारे अध्ययन गर्न गोरखाका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई तीन दिनको समय दिएको छ।
तीन दिनभित्र अध्ययन गरी आयोगमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको गोरखाका मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताए।
आयोगको पत्र प्राप्त भइसकेको बताउँदै उनले त्यस विषयमा अध्ययन सुरु गरिसकेका जानकारी दिए। सत्य तथ्य बुझि पछिसम्म फरक नपर्ने गर्नु भनेर पत्र प्राप्त भएको उनको भनाइ छ।
आयोगले सो बारेमा प्रचण्डलाई यसअघि स्पष्टीकरण सोधे पनि उनले ‘कहाँ कसले बाजा बजायो आफूलाई थाहा नभएको’ भन्ने जवाफ दिएका थिए।