सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेको चुनावी सभा शुक्रबारदेखि दार्चुलाबाट, ओलीले सम्बोधन गर्ने

एमालेको चुनावी सभा शुक्रबारदेखि दार्चुलाबाट, ओलीले सम्बोधन गर्ने

नेकपा एमालेले चुनावी सभा पश्चिम नेपालबाट सुरु गर्ने भएको छ। एमालेले दार्चुलाको खलंगामा शुक्रबार चुनावी सभा गरेर अभियान सुरु गर्ने जनाएको छ।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं- नेकपा एमालेले चुनावी सभा पश्चिम नेपालबाट सुरु गर्ने भएको छ। एमालेले दार्चुलाको खलंगामा शुक्रबार चुनावी सभा गरेर अभियान सुरु गर्ने जनाएको छ।

National life

त्यसका लागि एमाले अध्यक्ष केपी ओली शुक्रबार नै दार्चुला जाने भएका छन्। उनले शुक्रबार नै बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ। 

ओलीले चुनावी सभामा सहभागी हुन हेलिकोप्टर प्रयोग गर्न निर्वाचन आयोगबाट अनुमति लिइसकेका छन्।

सुदूरपश्चिम पश्चात ओली कर्णालीका सुर्खेत र दैलेखमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन्। त्यसपछि लुम्बिनीका चुनावी सभालाई सम्बोधन गर्ने ओलीले कम्तीमा १८ देखि २७ कात्तिकसम्म विभिन्न जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

एमाले केन्द्रीय प्रचार विभागका अनुसार ओलीले ९ दिनमा कम्तीमा ४० जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने एमालेको प्रारम्भिक कार्यतालिका तय भएको छ।

Shivam cement

प्रकाशित: Nov 03, 2022| 09:45 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...