सोमबार, असार १, २०८३

रविको पार्टीले आज चुनावी वाचापत्र सार्वजनिक गर्ने

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन्।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९
National life
Shivam cement

काठमाडौं- ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन्।

यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आज आफ्नो वाचा पत्र सार्वजनिक गर्ने भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनका लागि वाचा पत्र सार्वजनिक गर्ने छन्। राष्ट्रिय स्वतन्त्र पार्टी यसपटक प्रदेश सभाको चुनावमा भने बहिस्कार गरेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले हुन नसक्ने वाचा होइन भन्दै गर्न सक्ने र गर्नैपर्ने वाचापत्र सार्वजनिक गर्न लागेको बताएको छ। यसअघि नेपाली कांग्रेस, नेकपा एमाले,  माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपालगायतका पार्टी चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्। 

प्रकाशित: Nov 03, 2022| 09:05 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...