आइतबार, साउन १७, २०८३

देउवाले डडेल्धुराका सात आमसभालाई सम्बोधन गर्ने

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रचारका लागि आफ्नो गृह जिल्ला डडेल्धुरा जाँदैछन्।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं- नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रचारका लागि आफ्नो गृह जिल्ला डडेल्धुरा जाँदैछन्।

बुधबार कैलालीको धनगढी पुगेका देउवा बिहीबार डडेल्धुरा जाने भएका हुन्। देउवा मंसिर ४ मा हुने चुनावका लागि सत्ता गठबन्धनका तर्फबाट डडेल्धुरामा उम्मेदवार छन्। डडेल्धुरामा एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र छ।

देउवाले आज मह्यान्ह १२:३० बजे अमरगढी नगरपालिकास्थित बसपार्कमा हुने आमसभालाई सम्बोधन गर्ने छन्।

यस्तै कात्तिक १८ गते बिहान ११:३० बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी, कात्तिक १८ गते नै दिउँसो २:१५ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको डडेल्धुरा कांग्रेसले जनाएको छ।

यस्तै कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने आमसभालाई देउवाले सम्बोधन गर्ने छन्।

यस्तै कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई सम्बोधन गरी देउवाले चुनावी प्रचारप्रसारको काम गर्ने डडेल्धुरा कांग्रेसले जनाएको छ।

देउवाले चुनावी घरदैलो भने गर्ने छैनन्। कात्तिक २० गते काठमाडौं फर्केर त्यसपछि सातै प्रदेशमा हुने आमसभाका लागि देउवा पुग्ने कार्यक्रम छ।

डडेल्धुरामा जनता समाजवादी पार्टीबाट श्याम सिनाल उम्मेदवार छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत र नेपाली कांग्रेस बिपीबाट कर्णबहादुर मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावल उम्मेदवार छन्।

देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातार चुनाव जित्दै आइरहेका छन्।

प्रकाशित: Nov 03, 2022| 07:48 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...