बुधबार, वैशाख १२, २०८१

ललितपुर-१ : राणा र सिलवालमध्ये कसले निकाल्लान् दोस्रो जित?

उदयशमशेर राणा यो पटक ललितपुर–१ बाट चौथो पटक उम्मेदवार बन्दैछन्। उनी २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए। तर राणाले २०७० को निर्वाचनमा मात्र जित हात पारे।
 |  बिहीबार, कात्तिक १७, २०७९

खिला कार्की

खिला कार्की

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं- ललितपुर क्षेत्र नम्बर १ मा पुरानै प्रतिष्पर्धी उदयशमशेर राणा र नवराज सिलवालको बीचमा प्रतिष्पर्धा हुँदैछ। २०७४ असोजमा नेपाल प्रहरीको डीआईजीबाट राजीनामा दिएर नेकपा एमालेमा प्रवेश गर्दै पहिलो प्रयासमै सांसद बन्न सफल भएका सिलवालले त्यसबेला अर्थ राज्यमन्त्री रहेका राणालाई पराजित गरेका थिए। प्रहरी महानिरीक्षक बन्ने दौडमा रहेका सिलवाल महानिरीक्षक बन्न नसके पनि जनप्रतिनिधि बन्न सफल भएका थिए।

triton college

आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा राणा र सिलवाल दोश्रो पटक चुनावी मैदानमा छन्। २०७४ सालमा सिलवालको साथमा रहेको माओवादी यो पटक काँध फेरेर राणालाई साथ दिँदैछ। त्यति मात्र होइन, सिलवालकै पार्टी नेकपा एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीको साथ पनि राणालाई छ। तत्कालीन एमाले–माओवादी बाम गठबन्धनका उम्मेदवार सिलवालले २६ हजार ९५१ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार राणाले २० हजार ७२९ मतमात्र पाएका थिए। 

आसन्न निर्वाचनमा सिलवाल दोस्रो जित निकाल्ने प्रयासमा छन् भने राणा पनि जनताबाट दोस्रो पटक अनुमोदित भई पुरानो नतिजा उल्ट्याउन चाहन्छन्। त्यसो त यही जिल्लाबाट राणा चौथो पटक प्रतिस्पर्धा गर्दैछन्। उनी संविधानसभाको पहिलो निर्वाचन २०६४ बाट निरन्तर उम्मेदवार भइरहेका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा रहेको राजनीतिक समीकरण र अहिलेको राजनीतिक समीकरण भने फरक छ। 

उदयशमशेर राणा यो पटक ललितपुर–१ बाट चौथो पटक उम्मेदवार बन्दैछन्। उनी २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए। तर राणाले २०७० को निर्वाचनमा मात्र जित हात  पारे। उदयभन्दा पहिले उनका बुबा सागरशमशेर राणा नेपाली कांग्रेसका तर्फबाट यो क्षेत्रबाट उम्मेदवार बन्दै आएका थिए।  तर उदयका बुबाले भने कहिल्यै जित निकाल्न सकेनन्। बहुदलपछि २०४८, २०५१ र २०५६ को आम चुनावमा सागर एमालेका उम्मेदवारसँग पराजित भए। २०६२–०६३को जनआन्दोलनपश्चात् २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा भने सागरशमशेरले विश्राम लिएर छोरा उदयलाई अघि बढाए। त्यसो त उदयले नेविसंघबाट राजनीतिक उचाइ प्राप्त गरिसकेका थिए। 

२०६४ को निर्वाचनमा उदयको पनि बाबु सागरशमशेरकै नियति दोहोरियो। पहिलो पटक उम्मेदवार बन्दा उदय तत्कालीन नेकपा माओवादीका नेता वर्षमान पुनसँग पराजित भए। २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा भने उदयले जित निकाले। उदयले १८ हजार ५६० मत ल्याएर जित निकाल्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मधुसुदन पौडेलले १० हजार ६८२ मतमात्र प्राप्त गरेका थिए। संविधान निर्माण कार्य सँगसँगै संसद्मा पनि सक्रिय भूमिका निर्वाह गरेका राणाले व्यवस्थापिका संसदको अर्थ समितिको सदस्य र त्यस अन्तर्गत रहेको उपसमितिमा रही काम गरेका थिए। उनी त्यही संसद्को कार्यकालमा अर्थ राज्यमन्त्री भए।

corrent noodles
Metro Mart

उनले आफू राज्यमन्त्री हुँदा गरेका काम नै आसन्न निर्वाचनका लागि जितको बलियो आधार मानेका छन्। राणा आउँदो निर्वाचनमा आफूले मन्त्री हुँदा गरेका कामले जनताले मत दिने विश्वासमा छन्। उनले भने, ‘मैले २०७० सालको दोस्रो संविधानसभामा ललितपुरबाट चुनाव जितिसकेपछि जतिको विकास सायद कहिल्यै भएको थिएन। मैलै प्रायः सबै वडामा २–३ वटा ठूला राष्ट्रिय योजना लगेको थिएँ। त्यो यहाँका जनताले बिर्सिएका छैनन्। आसन्न निर्वाचनमा यो मेरो जितको आधारशिला हो।’

प्रकाशित: Nov 03, 2022| 11:56 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...