आइतबार, साउन १७, २०८३

आयोगविरुद्ध तोसिमाले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ।
 |  मंगलबार, कात्तिक १५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १५, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ।

तोसिमाले आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेकी थिइन्। 

ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उमेदवारी दिएकी तोसिमाले आफ्नो उमेदवारी खारेज भएपछि सर्वोच्चमा रिट दायर गरेकी हुन्। 

मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उमेदवारी खारेज गरेको थियो। सोमबार समर्थकसहित सर्वोच्च पुगेर आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै उनले रिट दर्ता गरेकी हुन्। प्रारम्भीक सुनुवाइका लागि अदालतले आजलाई पेसी तोको छ। 

तोसिमाले पाटन अस्पतालमा लाभको पदबाट राजीनामा दिएको र मेडिकल काउन्सिलको पद लाभको नभएको जानकारी गराउँदा पनि उमेदवारी खारेज गर्ने आयोगको निर्णय शंकास्पद रहेको बताउँदै आएकी छन्।

प्रतिनिधिसभा सदस्यको चुनावमा उम्मेदवारी दिने भएपछि कार्कीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको जागिरबाट राजीनामा गरेकी थिइन्। तर उनले काउन्सिलको कार्यकारी सदस्यबाट भने राजीनामा दिएकी छैनन्। 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को (ङ)मा उम्मेदवार बन्न कुनै पनि लाभको पदमा बस्न नहुने व्यवस्था छ।

प्रकाशित: Nov 01, 2022| 07:25 मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...