आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पूर्ण समानुपातिक निर्वाचनमा १० प्रतिशत सिट मजदुर–किसानलाई सुरक्षित गर्ने माओवादीको प्रतिवद्धता

पूर्ण समानुपातिक निर्वाचनमा १० प्रतिशत सिट मजदुर–किसानलाई सुरक्षित गर्ने माओवादीको प्रतिवद्धता

नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन्।
 |  सोमबार, कात्तिक १४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १४, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन्।

प्रचण्ड नेतृत्वको माओवादीबाट मात्रै परिवर्तन सम्भव भएको दाबी घोषणापत्रमा गरिएको छ। प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको परिकल्पना माओवादीले गरेको छ। यसैगरी अहिलेको मिश्रित निर्वाचन प्रणाली चुनाव खर्चिलो र भ्रष्टाचारको कारण भएकाले पूर्ण समानुपातिक निर्वाचन गराउने घोषणा माओवादीले गरेको छ।

जातीय जनसंख्याका आधारमा पूर्ण समानुपातिक समावेशी चुनाव गर्ने घोषणा माओवादीको छ। ३५ प्रतिशत महिला र १० प्रतिशत किसान मजदुर प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिवद्धपत्रमा भनिएको छ।

प्रकाशित: Oct 31, 2022| 16:07 सोमबार, कात्तिक १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...