आइतबार, साउन १७, २०८३

आगामी निर्वाचनमा परिवर्तन चाहने शक्तिको जित : अध्यक्ष ओली

आगामी निर्वाचनपछि एमाले नेतृत्वमा राप्रपा र जसपाको सरकार बन्ने ओली दाबी।
 |  सोमबार, कात्तिक १४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १४, २०७९

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी ४ मंसिरमा हुने निर्वाचनमा  परिवर्तन चाहने शक्तिको जित हुने बताएका छन्। परिवर्तन चाहने शक्ति भएकाले आगामी निर्वाचनपछि एमालेको सरकार बन्ने दाबी उनले गरे। 

सोमबार झापा क्षेत्र–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिका–३ क्याम्पामा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। अध्यक्ष ओलीले भने, ‘देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ। निर्वाचनमार्फत त्यो पूरा हुनेछ।’  

अबको निर्वाचनपछि एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)को सरकार बन्ने उनले बताए। अध्यक्ष ओलीले सोमबार नै शिवसताक्षीको माईधारामा आयोजित चुनावी अभिमुखीकरण कार्यक्रमलाई समेत सम्बोधन गरे।

प्रकाशित: Oct 31, 2022| 15:55 सोमबार, कात्तिक १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...