सोमबार, असार १, २०८३

राप्रपाको घोषणापत्रमा स्वास्थ्यका आठ बुँदा

आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ। राप्रपाले सार्वजनिक गरेको घोषणापत्रमा स्वास्थ्यका ८ वटा बुँदा समेटिएका छन्।
 |  सोमबार, कात्तिक १४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १४, २०७९
National life
Shivam cement

काठमाडौं– आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ। राप्रपाले सार्वजनिक गरेको घोषणापत्रमा स्वास्थ्यका ८ वटा बुँदा समेटिएका छन्। 

बुँदाको पहिलो नम्बरमा काठमाडौंको वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गरी सञ्चालन गर्ने रहेको छ। त्यस्तै घोषणापत्र अनुसार आधारभूत स्वास्थ्य सेवा सबै नागरिकलाई निःशुल्क तथा अनिवार्य गरिने, सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँच वृद्धि गरी बिमाको दायरामा ल्याइने र सबै बिमितले आफूले चाहेको अस्पतालमा उपचार गर्न पाउने व्यवस्था मिलाउने रहेको छ। 

त्यस्तै वडा स्वास्थ्य केन्द्र मार्फत प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाइल तयार गर्ने, जेष्ठ नागरिक तथा अशक्तहरुको घर दैलोमा स्वास्थ्य सेवा पुर्याउने, प्रत्येक वडामा सुरक्षित प्रसूति सेवा सहित न्यून आय भएका परिवारका सुत्केरीलाई तीन महिनासम्म ३ हजारका दरले मासिक भत्ता उपलव्ध गराउने समेत उल्लेख गरिएको छ। त्यस्तै प्रत्येक किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप, आयुर्वेद, प्राकृतिक योग तथा अन्य चिकित्सा पद्धतिको विकास र विस्तार गर्ने प्रतिवद्धता समेत राप्रपाले आफ्नो घोषणापत्रमा उल्लेख छ।

प्रकाशित: Oct 31, 2022| 15:40 सोमबार, कात्तिक १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...