आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गाउँमा सुविधा पुर्‍याऔँ, अब आम्दानीको अवसर सिर्जना गर्छौँ : वरिष्ठ नेता पौडेल

गाउँमा सुविधा पुर्‍याऔँ, अब आम्दानीको अवसर सिर्जना गर्छौँ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले गाउँ–गाउँमा सुविधा पुगेकाले अब आम्दानीको अवसर सिर्जना गर्ने पहिलो प्राथमिकता रहेको बताएका छन्।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले गाउँ–गाउँमा सुविधा पुगेकाले अब आम्दानीको अवसर सिर्जना गर्ने पहिलो प्राथमिकता रहेको बताएका छन्। 

तनहुँको देवघाट गाउँपालिकास्थित कालीमाटीमा आइतबार घरदैलो गर्दै वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारी र आम्दानी अबको प्राथमिकता रहेको बताए। 'गाउँ गाउँमा बाटो, खानेपानी, शिक्षा, स्वास्थ्यको सुविधा पुगिसकेको छ, अब गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउँछौँ,' पौडेलले भने।

विगतमा सेवा सुविधाको खोजीमा जनताहरु गाउँ छाडेर सहरमा बसाइसराइ गरेको चर्चा गर्दै पौडेलले गाउँमै सेवासुविधा पुगेपछि अब गाउँमै बस्न आग्रह गरे। 'राजनीति जागिर नभई सेवा भएकाले जनताको सेवाका लागि नै राजनीति गर्दै आएका हौँ,' पौडेलले भने, 'जनताका हरेक समस्या समाधानका लागि प्रतिबद्ध छौँ।'

तनहुँ क्षेत्र नम्बर १ प्रदेश २ का लागि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हरिबहादुर चुमानले नेपाल अनुकुलको विकासका लागि वर्तमान गठबन्धन सरकार प्रतिबद्ध रहेको बताए। वरिष्ठ नेता पौडेलले शुक्रबारदेखि पुनः घरदैलो अभियान सुरु गरेका छन्। पौडेलले व्यास नगरपालिका–३ शान्तिनगर, देवघाट गाउँपालिका–१ र २ को बैदी, खाल्टे, कोटा लगायतमा घरदैलो सम्पन्न गरेका छन्। 

पौडेलले कात्तिक १४ गतेसम्म देवघाट, १५, १६ र १७ गते आँबुखैरेनी तथा १९, २० र २१ गते बन्दीपुरका विभिन्न ठाउँमा घरदैलो गर्नेछन्। 

प्रकाशित: Oct 30, 2022| 19:57 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...