आइतबार, साउन १७, २०८३

शशांक कोइराला अस्पताल भर्ना

अहिले कोइरालाको अवस्था सामान्य रहेको र होस पनि फर्किसकेको कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

चितवन- नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नवलपुर-१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार डा. शशांक कोइराला अस्वस्थ भएका छन्। 

नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा अस्वस्थ महसुस भएपछि उनलाई अस्पताल भर्ना गरिएको डा कोइरालाका सहयोगी सुरज उप्रेतीले जानकारी दिए। डा कोइरालालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ। 

उप्रेतीका अनुसार डा कोइरालाको अवस्था अहिले सामान्य भइसकेको तर आइतबार रातभर अस्पतालमा नै बसेर स्वास्थ्य स्थिति निरीक्षणका लागि चिकित्सकले सल्लाह दिएका छन्। 

प्रकाशित: Oct 30, 2022| 19:24 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...