आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • गृहमन्त्री खाणको संकल्प : ‘मर्चवारदेखि मुस्ताङसम्म सडकदेखि मेट्रो रेल सञ्‍चालन

Siddartha premir insuranceSiddartha premir insurance

गृहमन्त्री खाणको संकल्प : ‘मर्चवारदेखि मुस्ताङसम्म सडकदेखि मेट्रो रेल सञ्‍चालन

रुपन्देहीको निर्वाचन क्षेत्र न. ३ मा गृहमन्त्री बालकृष्ण खाणसहितको गठबन्धनले राष्ट्रिय र दीर्घकालीन महत्वका योजना अगाडि सार्दै संकल्प पत्र सार्वजनिक गरेको छ।
 |  आइतबार, कात्तिक १३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

बुटवल- रुपन्देहीको निर्वाचन क्षेत्र न. ३ मा गृहमन्त्री बालकृष्ण खाणसहितको गठबन्धनले राष्ट्रिय र दीर्घकालीन महत्वका योजना अगाडि सार्दै संकल्प पत्र सार्वजनिक गरेको छ।

triton college

‘मर्चवारदेखि मुस्ताङसम्म’ बन्ने सडक निर्माणलाई विशेष रूपमा प्रारम्भ गर्न पहल गर्ने, बुटवल–भैरहवा–सुनौली हाइवेमा मेट्रो ट्रेन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने, बेलहियामा निर्माणाधीन ‘एकीकृत भन्सार प्रणाली’ तत्काल निर्माण प्रारम्भ गर्न जस्ता विकासका कामहरुको फेहरिस्त सहितको संकल्पपत्र आईतबार सार्वजनिक गरिएको हो।

पाँच दलीय गठबन्धनले आगामी मसिंर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै तयार पारेको सकंलपत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक र सांस्कृतिक विकास, उद्योग, व्यापार, पर्यटन, कृषि, खेलकुद लगायतका क्षेत्रमा महत्वपूर्ण योजनाहरु समावेस गरिएको छ।

क्षेत्र नम्बर ३ पाँच दलीय सत्ता गठबन्धनबाट प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छन्। यस्तै, प्रदेश (क)मा लोसपाका नेता सन्तोषकुमार पाण्डेय र (ख) मा काँग्रेस नेता रामचन्द्र ढकाल उम्मेदवार छन्।

परासीदेखि कपिलवस्तुसम्म १३२ केभीको विद्युतीय प्रसारण लाइन निर्माण गर्न पहल गर्ने, बुटवलदेखि गोरखपुरसम्मको विद्युतीय प्रसारण लाइन यथाशिघ्र निर्माण गर्न पहल गर्ने, कालीगण्डकी–तिनाउ डाईभर्सन परियोजना निर्माणका लागि विशेष जोड दिने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई बढाउने र नेपालका विभिन्न सहरहरूमा पनि आन्तरिक उडान तथा कार्गो सेवा सुचारु गर्नुका साथै रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने जस्ता राष्ट्रिय महत्वका विषयवस्तु समावेश गरिएको छ।

Metro Mart
vianet

यस्तै, भैरहवालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण औद्योगिक, व्यापारिक एवम् पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने, सिद्धार्थनगर नगरपालिका वरपर ‘सिद्धार्थ चक्रपथ’ निर्माणका लागि यथाशिघ्र डि.पि.आर. गरि निर्माण कार्यको थालनी गर्ने, तिनाउ–दानव नदीमा ‘जनताको तटबन्धन’ कार्यक्रम थप प्रभावकारी बनाउने तथा डण्डा–रोहिणी नदीमा पनि नदी कटानलाई व्यवस्थित गर्ने जस्ता कार्यक्रम समावेश छन्।

यस्तै, बुद्ध परिक्रमा सडकको दुबैतिर नालिसहितको फुटपाथ निर्माण गर्न विशेष पहल गर्ने, मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर त्यहा स्थायी बसोबास गर्ने व्यक्तिहरूको समस्या दिगो रूपमा समाधान गरी त्यस औद्योगिक क्षेत्रलाई राष्ट्रकै नमुना औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुका साथै साथै त्यस क्षेत्रका वासिन्दाहरूलाई रोजगारीको सुनिश्चितता गर्ने, वेलहियादेखि पोखरासम्मको सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गर्ने, तिनाउ नदीको छेउछाउमा व्यापारिक प्रयोजनका लागि ६ लेनको बाटो निर्माण गर्ने र त्यसको छेउ–छाउमा वृक्षारोपण गरी हरियाली सडक बनाइनुका साथै हरियाली पार्कहरूको समेत निर्माण गर्ने गठबन्धनको संकल्प छ।

राष्ट्रिय जनमुक्ति पार्टीका क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार मोजिव ओलीले आफूले प्रतिनिधिसभा तर्फ गृहमन्त्री खाँणलाई समर्थन गरेको जनाउँदै आफ्नो उम्मेदवारी निष्क्रिय गरेको घोषणा गरेका थिए।

प्रकाशित: Oct 30, 2022| 18:47 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।