आइतबार, वैशाख ७, २०८२

सत्ता गठबन्धनले गर्‍यो कञ्‍चनपुर-२ का सबै वडाहरुमा एकसाथ भेला

सत्ता गठबन्धनले आसन्न निर्वाचन लक्षित गरेर कञ्चनपुर क्षेत्र नम्बर २ मा एकसाथ वडा भेलाहरु गरेको छ। सत्ता गठबन्धनले आइतबार बिहान क्षेत्र नम्बर २ का ३० मध्ये २९ वडामा एक साथ निर्वाचन लक्षित वडा भेलाहरु आयोजना गरेको हो।
 |  आइतबार, कात्तिक १३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

vianetvianet

काठमाडौं- सत्ता गठबन्धनले आसन्न निर्वाचन लक्षित गरेर कञ्चनपुर क्षेत्र नम्बर २ मा एकसाथ वडा भेलाहरु गरेको छ। सत्ता गठबन्धनले आइतबार बिहान क्षेत्र नम्बर २ का ३० मध्ये २९ वडामा एक साथ निर्वाचन लक्षित वडा भेलाहरु आयोजना गरेको हो। 

triton college

नेपाली कांग्रेसका क्षेत्रीय सभापति लालबहादुर सिंहले लोकतान्त्रिक–वाम गठबन्धनले शुक्लाफाँटा नगरपालिका–१२ बाहेकका वडाहरुमा वडा भेला आयोजना गरिएको जानकारी दिए। 

उनले शुक्लाफाँटा–१२ का पूर्व वडाध्यक्ष बृक्षु रानाको निधनको शोकमा वडा भेला स्थगित गरिएको बताए। गठबन्धनले क्षेत्र नम्बर २ अन्तर्गत पर्ने कृष्णपुर, शुक्लाफाँटा र वेदकोटका वडाहरुमा भेला गर्न दुई–दुई जनालाई प्रमुख वक्ता र विशिष्ठ वक्ताका रुपमा तोकेर खटाएको छ।  

यसअघि सत्ता गठबन्धनले कात्तिक ७ गते ३० वटै वडाहरुमा एक साथ सम्पर्क कार्यालयहरु स्थापना गरेको थियो। क्षेत्र नम्बर २ मा कृष्णपुर, शुक्लाफाँटा नगरपालिकाका सबै र वेदकोट नगरपालिकाका ८ बाहेकका वडाहरु पर्दछन्। कृष्णपुरमा ९, शुक्लाफाँटामा १२ र वेदकोटमा १० वडाहरु रहेका छन्।

सत्ता गठबन्धनले कञ्चनपुर–२ मा प्रतिनिधिसभातर्फ कांग्रेस केन्द्रीय सदस्य एनपी साउद, प्रदेशसभा तर्फ ‘क’ मा नेकपा माओवादी केन्द्रका ओमविक्रम भाट र ‘ख’ मा कांग्रेसका बहादुरसिंह थापालाई उम्मेदवार बनाएको छ। 

National life insurance

यो क्षेत्रमा नेकपा एमालेले प्रतिनिधिसभातर्फ नरबहादुर धामी र प्रदेशसभातर्फ ‘क’ मा बचनबहादुर सिंह र ‘ख’ मा कृपाराम रानालाई उठाएको छ।

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा कञ्चनपुर–२ मा कांग्रेसको पक्षमा २२ हजार ३७९, एमालेको पक्षमा १८ हजार ८२८, माओवादीको पक्षमा १२ हजार ५७२, नेकपा एकीकृत समाजवादीको पक्षमा ४ हजार १६१ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा ३ हजार ९५३ मत खसेको थियो।

प्रकाशित: Oct 30, 2022| 18:39 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।