काठमाडौं– प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले श्वेतपत्र जारी गरेका छन्। मुख्यमन्त्री रहँदा जिल्लाको विकासमा गरेका काम समेटेर उनले श्वेतपत्र जारी गरेका हुन्।
नेकपा एमालेबाट भोजपुरमा प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका राईले हतुवागढी गाउँपालिकाको घोडेटारमा श्वेतपत्र सार्वजनिक गरेका हुन्। श्वेतपत्र जारी गर्दै उनले मुख्यमन्त्री कालमा आफूले करिब पाँच अर्ब बजेट भोजपुरका लागि छुट्याएको बताए।
उनले मुख्यमन्त्री भएर शेरधन राईले के गर्यो भनी प्रश्न गर्नेहरु धेरै रहेको बताए। उनले आफ्नाबारेमा भ्रम फैलाएर भोजपुरमा बसिसकेको विकासको जगलाई पूरा हुन नदिन सक्रिय रहेको आरोपसमेत लगाए।
हेर्नुहोस् श्वेतपत्र