आइतबार, साउन १७, २०८३

मेरा लागि गोरखा निर्वाचन क्षेत्र-२ सबैभन्दा सुरक्षित : प्रचण्ड

गोरखाबाट चुनाव लड्न पाउँदा गौरवान्वित महसुस भएको प्रचण्डको तर्क।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाको निर्वाचन क्षेत्र–२ आफ्ना लागि सबैभन्दा सहज र सुरक्षित भएको बताएका छन्। प्रचण्डले गोरखा क्षेत्र–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएका छन्।

आइतबार गोरखाको भच्चेकमा आयोजित कार्यक्रममा मतदातालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गोरखा आउन पाएकामा गौरवान्वित महसुस भएको बताएका हुन्।

उनले भने, ‘निर्वाचनमा सहभागी हुँदै गर्दा सायद अहिलेसम्मका निर्वाचनमध्ये मेरा लागि यो निर्वाचन (गोरखा) सबभन्दा सहज ठानेको छु। यहाँ आउदा रिल्याक्स फिल गरेको छु, यस्तो निर्वाचन पहिलो पटक हुँदै छ।’ उनले राजनीतिक परिवर्तन र क्रान्ति धेरै भए पनि जनताको जीवनमा परिवर्तन, सुशासन र विकासले गति नलिँदा त्यसको औचित्य सिद्ध नभएपछि गोरखा झरेको सुनाए।

‘म यहाँ आउनुको उद्देश्य भनेको गोरखा ऐतिहासिक, भौगोलिक, पछिल्लो हाम्रो आन्दोलनको दृष्टिकोणले पनि महत्त्वपूर्ण जिल्लाभित्र पर्दछ।  यहाँ आउँदै गर्दा गठबन्धनभित्र पनि दरिलो एकता भएको छ। सुशासन र विकासको सानो सपना बोकेर होइन, राजनीतिक परिवर्तनको औचित्य सिद्ध गर्ने गरी आएको छु,’ प्रचण्डले भने।

कार्यक्रममा नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईले अहिलेको अवस्थामा नेपालको सबभन्दा चर्चित व्यक्ति प्रचण्ड गोरखा आएकामा खुसी लागेको बताए।

प्रकाशित: Oct 30, 2022| 14:06 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...