सोमबार, असार १, २०८३

कांग्रेसको घोषणापत्र : एमाले सत्ता चलाउन असफल

तत्कालीन नेकपा विघटन हुनुमा पनि ओली जिम्मेवार रहेको कांग्रेसको दाबी।
 |  शनिबार, कात्तिक १२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १२, २०७९

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित घोषणापत्रमा एमाले र केपी ओली नेतृत्वको अघिल्लो सरकार पूर्ण रूपमा असफल भएको बताएको छ। कांग्रेसको घोषणापत्रमा तत्कालीन नेकपा विघटन हुनुमा पनि ओली जिम्मेवार रहेको दाबी गरेको छ। 

National life

सत्ता सञ्चालनका लागि सुविधाजनक मत पाए पनि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनेको क्षणदेखि नै संविधान, लोकतान्त्रिक प्रणाली, नागरिक अधिकार, संवैधानिक संस्था र सञ्चार क्षेत्रमाथि नियोजित रुपमा आक्रमण गर्दै वाम गठबन्धनले पाएको अवसरको अधिकांश समय र ऊर्जा सर्वसत्तावादी शासन स्थापना गर्ने धृष्टतामा खर्चिएको कांग्रेसको घोषणापत्रमा भनिएको छ। 

सरकार बनेको क्षणदेखि नै कुशासन, भ्रष्टाचार र अनियमितता संस्थागत हुन थालेको, सार्वजनिक सम्पत्तिमाथि लुटतन्त्र मच्याउँदै सरकारले भ्रष्टाचार, कमिसनतन्त्र, आर्थिक अनियमितता र अपारदर्शिताका क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान कायम गरेको कांग्रेसले बताएको छ। 

कोभिड महामारी नियन्त्रण र रोकथामका लागि ओली सरकार उदासीन रहेको र मेडिकल सामग्री खरिदमा भ्रष्टाचार र कमिसनको खेल भएको कांग्रेसले उल्लेख गरेको छ।  

घोषणापत्रमा भनिएको छ, ‘महामारी सुरु भएपछि कोभिड नियन्त्रण गरी जनताका जीवन रक्षा गर्ने सरकारको अनिवार्य प्राथमिक दायित्व थियो। तर महामारी नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा सरकारले सुरुदेखि नै त्रुटि गर्दै गयो। सरकारले न महामारी नियन्त्रण गर्ने उपर्युक्त नीति र कार्ययोजना अख्तियार गर्‍यो, न परीक्षण, उपचार, खोप, औषधी, क्वारेन्टाइन र अस्पताल व्यवस्थापनमा संवेदनशील भयो।’ 

Shivam cement

प्रकाशित: Oct 29, 2022| 12:45 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...