आइतबार, साउन १७, २०८३

कांग्रेसले किन नष्ट गर्‍यो ५० हजार प्रति घोषणापत्र?

सार्वजनिक नहुँदै छापिएको ५० हजार प्रति घोषणापत्रमा त्रुटि फेला परेपछि नष्ट गरिएको हो।
 |  शनिबार, कात्तिक १२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १२, २०७९

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि छापेको ५० हजार प्रति घोषणापत्र नष्ट गरेको छ। 

सार्वजनिक नहुँदै छापिएको ५० हजार प्रति घोषणापत्र नष्ट गरिएको हो। घोषणापत्रमा त्रुटि फेला परेपछि नष्ट गरिएको स्रोतको दाबी छ। ‘५० हजार प्रति घोषणापत्र छापिएको थियो तर छापिएको कपीमा त्रुटि फेला पर्‍यो।

त्यस कारण नष्ट गरिएको हो,’ स्रोतले भन्यो, ‘अहिले पनि त्रुटि सच्याउने काम भइरहेको छ। अहिले महामन्त्री विश्वप्रकाश शर्मा र स्वर्णिम वाग्लेले जुन–जुन बुँदा भन्नुभयो, त्यो मात्रै फाइनल भएको हो। नत्र घोषणापत्र फाइनल भइसकेको छैन।’ 

कांग्रेसले तिहारअघि नै डेढ लाख प्रति घोषणापत्र छाप्न दिएको थियो। तर ५० हजार प्रति छापिइसक्दा धेरै ठाउँमा द्विविधा देखिएपछि करेक्सन भइरहेको छ। ‘संयोजक हिजो मात्रै आउनुभयो। त्यस कारण द्विविधा हुने ठाउँमा करेक्सन गर्नुपरेको हो,’ स्रोतले भन्यो। 

स्रोतका अनुसार कांग्रेसले शनिबार साँझ मात्रै घोषणापत्रको पूर्ण पाठ वितरण गर्ने तयारी गरेको छ। शनिबार बिहान सार्वजनिक गरेको घोषणापत्र वितरण भने गरिएको छैन। 

घोषणापत्र सार्वजनिक कार्यक्रममा संयोजक शर्माले प्रेसमा भएको समस्याले साँझ मात्रै मिडियालाई घोषणापत्रको पूर्ण पाठ उपलब्ध गराइने बताएका छन्। 

घोषणापत्रलाई कांग्रेसले निरन्तरतामा नवीनताका रुपमा व्याख्या गरेको छ। ‘संविधानको रक्षा, स्थायित्व, समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’  मुख्य नारा राखिएको घोषणापत्रमा प्रशासनका झन्झटिलो काम अन्त्य गर्ने, फोहोर व्यवस्थापनको दिगो उपाय खोज्ने, संसद् विघटन नगर्नेलगायत संकल्प गरिएको छ।

प्रकाशित: Oct 29, 2022| 11:50 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...