आइतबार, साउन १७, २०८३

कांग्रेसको घोषणापत्र : संसद्लाई पूर्ण कार्यकाल चल्न दिने संकल्प

‘संविधानको रक्षा, स्थायित्व, समुन्नतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ नारासहित कांग्रेसले घोषणापत्र जारी गरेको हो।
 |  शनिबार, कात्तिक १२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १२, २०७९

काठमाडौं– शनिबार सत्तारुढ नेपाली कांग्रेसले पार्टी मुख्यालय सानेपामा घोषणापत्र सार्वजनिक गरेको छ। ‘संविधानको रक्षा, स्थायित्व, समुन्नतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ नारासहित कांग्रेसले घोषणापत्र जारी गरेको हो।

घोषणापत्रमा मुलुकलाई समृद्ध बनाउने, प्रशासनको झन्झटिलो काम अन्त्य गर्ने, फोहोर व्यवस्थापन, वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउने, भूमि आयोगलाई थप व्यवस्थापन गर्ने, 

सामाजिक रुपान्तरण, सामाजिक विसंगतिलाई रोक्ने, अबको दशकलाई सामाजिक विसंगति अन्त्यको दशकका रूपमा मनाउने कांग्रेसको घोषणापत्रमा उल्लेख छ।

त्यस्तै, कांग्रेसले अवधि नपुगुन्जेल संसद् विघटन नगर्ने संकल्प घोषणापत्रमार्फत सार्वजनिक गरेको छ।

प्रकाशित: Oct 29, 2022| 11:16 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...