शनिबार, जेठ ५, २०८१

युनाइटेडमा टेन ह्यागको विश्वास जित्न नसकेका रोनाल्डो

३७ वर्षे फुटबल स्टार रोनाल्डो अझैँ पनि ठूला प्रतियोगिता खेल्न, गोल गर्न र उपाधि जित्न भोका छन्। तर, म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डोलाई सुरुवाती टिममा पारिरहेका छैनन्।
 |  शनिबार, कात्तिक १२, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

शनिबार, कात्तिक १२, २०७९

काठमाडौ- अघिल्लो सिजन इटालियन क्लब युभेन्ट्सबाट आफ्नो पुरानो क्लब म्यानचेस्टर फर्किएका क्रिष्टियानो रोनाल्डोको युनाइटेड बसाइ पहिलेजस्तो हुन सकिरहेको छैन। उनको टिमले प्रिमियर लिगमा राम्रो प्रदर्शन गर्न नसक्दा शीर्ष चारमा रहन सकेन। व्यक्तिगत रूपमा अघिल्लो सिजन राम्रो प्रदर्शन गरेका उनले यो सिजनमा सफलता हात पार्ने अनुमान गरिएको थियो। नयाँ सिजन २०२२/२३ सुरुवातसँगै उनी टिमको सुरुवाती ११ म पर्न पनि मुस्किल भइरहेको छ।

triton college

३७ वर्षे फुटबल स्टार रोनाल्डो अझैँ पनि ठूला प्रतियोगिता खेल्न, गोल गर्न र उपाधि जित्न भोका छन्। करियरको लगभग अन्त्यतिर आएका रोनाल्डो अझैँ पनि ठूला प्रतियोगिता खेल्दै कीर्तिमान कायम गर्ने लक्ष्यमा छन्। तर, म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डोलाई सुरुवाती टिममा पारिरहेका छैनन्।

नयाँ सिजनको सुरुवाती समयमा रोनाल्डो युनाइटेड छाड्ने निर्णयमा पुगेका थिए। उनी फेरि पनि क्लब परिवर्तन गर्न चाहन्थे। त्यस समय युनाइटेडको टिममा नयाँ प्रशिक्षक टेन ह्यागको आगमन भइसकेको थियो। उनी टिमलाई पुनर्निर्माण गर्दै बलियो टिम बनाउने लक्ष्यमा थिए। तर, रोनाल्डो उक्त टिमको हिस्सा बन्न चाहेका थिएनन्। रोनाल्डोलाई टिममा राखेर बलियो टोली बनाएर सिजनको सुरुवात गर्ने लक्ष्यमा ह्याग थिए। उनले रोनाल्डोलाई विश्वास गरेर टिमको महत्त्वपूर्ण हिस्सा मानेका थिए।

रोनाल्डोका लागि आफ्नो रणनीति परिवर्तन गर्नसमेत ह्याग तयार भएको बताउँथे। प्रशिक्षक टेनले मिडियासँग कुरा गर्दै रोनाल्डो टिमको ठूलो हिस्सा रहने बताउँदै आएका थिए। उनले भनेका थिए, ‘रोनाल्डो हाम्रो टिमको हिस्सा रहनेछन्। उनी मेरो मुख्य योजनाका खेलाडी हुन्। उनी क्लब नछाडी हामीसँगै रहेर खेल्नेछन्। टिमलाई रोनाल्डोको आवश्यकता छ। यो कुरा उनले बुझेका छन्। मेरो मुख्य प्राथमिकता भनेको उनलाई क्लबमै राखेर बलियो टिम बनाउनु हो। त्यसैले म चाहन्छु, उनी चाडै क्लबमा फर्किनेछन्।’ तर, नयाँ सिजनका लिगहरू सुरुभएपछि उनले भने जस्तो गरेका छैनन्। उनले रोनाल्डोलाई टिममा पारिरहेका छैनन्। 

रोनाल्डोले नयाँ सिजनमा प्रिमियर लिग र युरोपा लिगमा १३ खेल खेल्दा मात्रै तीन गोल गरेका छन्। प्रिमियर लिगमा एक गोल र युरोपा लिगमा दुई गोल गरेका छन्। एउटा अशिष्ट पनि गरेका छन्। 

corrent noodles
Metro Mart
३७ वर्षे फुटबल स्टार रोनाल्डो अझैँ पनि ठूला प्रतियोगिता खेल्न, गोल गर्न र उपाधि जित्न भोका छन्। तर, म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डोलाई सुरुवाती टिममा पारिरहेका छैनन्।

युनाइटेडले नयाँ सिजनमा १४ खेल खेलिसकेको छ। जसमध्ये रोनाल्डोले मात्र तीन खेलमा पुरा समय खेलमैदानमा बिताएका छन्। अन्य सबै खेलमा उनी वैकल्पिक खेलाडीका रूपमा बेन्चमा छन्। त्यति मात्रै नभई उनलाई पाँच खेलमा त बेन्चमै राखिएको छ। प्रिमियर लिगमा टोटेनहमविरुद्धको खेलमा खेलको अन्तिम समयमा मात्रै मैदानमा प्रवेश गराउन खोजेपछि उनले सब्सिच्ट्युट हुन अस्वीकार गर्दै खेल चलिरहेको बेलामा मैदान छाडेका थिए। 

त्यसको कारबाही स्वरूप अर्को खेलमा रोनाल्डोलाई चेल्सीविरुद्ध टिममा पारिएको थिएन। टिममा नपारेपछि रोनाल्डो प्रशिक्षणमा पनि अनुपस्थित भएका थिए। तर, त्यसपछि रुष्ट बनेका रोनाल्डो र प्रशिक्षक ह्यागबीच कुराकानी भएर उनी प्रशिक्षणमा फर्किएका छन्।

रोनाल्डोलाई वैकल्पिक खेलाडीमै सीमित बनाएपछि ह्यागको चौतर्फी आलोचना पनि भइरहेको छ। म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी लोइस शाहाले प्रशिक्षक ह्यागले रोनाल्डोलाई अपमान गरेको बताएका छन्। ह्यागले रोनाल्डोलाई गरेको व्यवहार मान्न नसकिने पनि बताए। 

बोइली स्पोर्टससँग कुरा गर्दै उनले भने, ʻयुनाइटेडमा रोनाल्डोको अपमान भयो। यस विषयमा ह्यागसँग म सहमति जनाउन सक्दिन। रोनाल्डो व्यक्तिगत रूपमै पनि ह्यागसँग खुसी छैनन्, जुन कुरा जाहेज पनि छ। उनी अझैँ पनि गोल गर्न चाहन्छन्। उपाधि जित्न चाहन्छन् र टिममा पुरा समय खेल्न चाहन्छन्। तर ह्यागले उनलाई बुझ्न सकेका छैनन्। रोनाल्डो एक उत्कृष्ट खेलाडी हुन् र उनलाई यसरी अपमान गर्न पाइदैन।'

तर, ह्याग भने रोनाल्डोलाई अपमान नगरेको बताउँछन्। रोनाल्डोलाई अहिलेको समयमा मैदान छिराउन समय ठिक नभएको कारणले यस्तो भइरहेको उनी बत्ताउँछन्। स्काइ स्पोर्टससँग कुरा गर्दै उनले भने, ʻम रोनाल्डोलाई हेरिरहेको छु। उनी सधा झैँ अहिले पनि टिमको महत्त्वपूर्ण खेलाडी हुन्। तर अहिलेको अवस्थामा उनलाई खेलाउन ठिक नभएको, टिममा नयाँ खेलाडीलाई केही समय मौका दिने सोचले यस्तो भएको हो। रोनाल्डो अहिले पनि क्लबको प्रशिक्षणमा छन्। उनी अझैँ धेरै मिहिनेत पनि गरिरहेका छन्। उनलाई अब चाडै नै पुरा समय खेलाइनेछ।ʼ

रोनाल्डो व्यक्तिगत रूपमा पनि सम्मानका साथ फुटबल खेल्न चाहेको बताउँछन्। आफ्नो सोसल मिडियामा उनले आफू सम्मानका साथ खेल्न चाहेको बताएका छन्। उनले भनेका छन्, ʻम अझैँ केही वर्ष उच्च लयमा खेल्न चाहन्छु, युरोपमै खेल्न चाहन्छु। म जहाँ पनि खेल्छु सम्मानका साथ खेल्न चाहन्छु। मैले यसअघिका वर्षमा नै धेरै कुरा गरिसकेको छु। म यसलाई नै निरन्तरता दिन चाहन्छु। अहिलेको समयमा पुरा समय खेल्न नपाए पनि म प्रशिक्षण छाड्ने छैन। म अझैँ पनि हार्डवर्क गरिरहेको छु। टिमलाई सहयोग गर्न चाहन्छु। हामी सबै टिममेटहरू टिमलाई अगाडी लैजान सधैँ तयार छौं।ʼ

नयाँ गनतब्यः क्लबमा नयाँ खेलाडीको बाहुल्यता देखिएपछि युनाइटेडले रोनाल्डोलाई आउँदो जनवरिमा क्लब छोड्न चाहेमा जान दिने बताइसकेको छ। नयाँ ट्रान्सफर विन्डोमा कुनै पनि क्लबले चासो नदेखाएको रोनाल्डवलाई अहिले दुई वटा क्लबले ग्रिन सिग्नल देखाइसकेका छन्। ती क्लब हुन् इङग्लिस क्लब चेल्सी र इटालियन क्लब नापोली। ट्रान्सफर मार्केटका विज्ञ पत्रकार रोमानियो फाब्रिजियोका अनुसार रोनाल्डोलाई चेल्सी र नापोलीले जनवरिमा आफ्नो क्लबमा भित्राउन चाहेको बताएका छन्। तर, युनाइटेडका प्रशिक्षक ह्यागले भने रोनाल्डो युनाइटेडमै रहने बताएका छन्।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा

प्रकाशित: Oct 29, 2022| 08:31 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।