आइतबार, साउन १७, २०८३

एमालेको बहुमत कसैले रोक्न सक्दैन : ओली

ओलीले निर्वाचनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)लाई मिलाएर सरकार बनाउने बताएका छन्।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

झापा- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेको निर्वाचनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)लाई मिलाएर सरकार बनाउने बताएका छन्।

झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि शुक्रबार भोट माग्दै ओलीले यस्तो बताएका हुन्। उनले एमालेका साथमा रहेकाले आगामी निर्वाचनमा राष्ट्रिय पार्टीको हैसियत बनाएर सरकारमा सामेल हुने पनि जिकिर गरे।

सम्बोधनका क्रममा ओलीले माधव नेपालहरूले खोलेको नेकपा (एकीकृत समाजवादी)को बिजोग हुने पनि बताए। 'माधव नेपालहरूले खोलेको छ एउटा पार्टी, त्यसको कन्तबिजोग हुन्छ,' उनले भने, 'त्यो राष्ट्रिय पार्टी हुँदैन। कोही साथी त्यो पार्टीमा हुनुहुन्छ भने आजैबाट छोडिदिनुस्।'

अध्यक्ष ओलीले लोकतान्त्रिक समाजवादी पार्टीले पनि एमालेको साथ छाडेर राष्ट्रिय पार्टी बन्ने मौका गुमाएको टिप्पणी गरे। उनले भने, 'लोसपा राष्ट्रिय पार्टी थियो, तर अब हुँदैन। एमालेको राष्ट्रियता उसले बोक्न सक्ने भएन, त्यसैले भाग्यो। अब राष्ट्रिय पार्टी हुनेवाला छैन।'

उनले एमालेको बहुमत कसैले रोक्न नसक्ने बताए। उनले भने, 'आउँदो निर्वाचनबाट नेकपा (एमाले)को बहुमत ल्याउँछ, कसैले रोक्न सक्दैन। तर, बहुमत आयो भनेर एक्लै सरकार बनाउने होइन, अरू सहयोगी र सहयात्रीलाई पनि साथमा लिएर सरकार बनाउँछ। राप्रपा र जसपासहितको सरकार बन्छ। त्यसपछि राजेन्द्र लिङ्देनलाई विकासको बारेमा प्रश्न गर्नुस्, अहिले होइन।'

प्रकाशित: Oct 28, 2022| 22:30 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...