सोमबार, असार १, २०८३

राप्रपाका लिङ्देनलाई जिताउनु एमालेको इज्जत हो : ओली

देशद्रोहीलाई रोक्न हलोमा भोट हाल्नुपर्ने बताएका ओलीले गठबन्धनका उम्मेदवारलाई हराउनुपर्ने बताए। राप्रपा राष्ट्रिय पार्टी बन्नेसमेत ओलीको दाबी थियो।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९
National life
Shivam cement

झापा- एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट मागेका छन्। शुक्रबार झापा–३ मा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले एमालेको इज्जतका लागि भए पनि लिङ्देनलाई विजयी गराउनुपर्ने बताएका हुन्। 

देशद्रोहीलाई रोक्न हलोमा भोट हाल्न पर्ने बताएका ओलीले गठबन्धनका उम्मेदवारलाई हराउनुपर्ने बताए। राप्रपा राष्ट्रिय पार्टी बन्नेसमेत ओलीको दाबी थियो।

झापा-३ मा एमालेले राप्रपालाई सघाउने र झापा-५ मा एमालेलाई राप्रपाले समर्थन गर्ने ओली र लिङ्देनबीच सहमति भएको छ। झापा-५ मा एमाले उम्मेदवार रहेका ओली यसअघि पनि सोही निर्वाचन क्षेत्रमा राप्रपाको समर्थनमा विजयी भएका थिए। तर गत स्थानीय तहको निर्वाचनमा झापा-५ मा पर्ने दमक नगरपालिकामा सत्ता गठबन्धनको समर्थनमा राप्रपा विजयी भएको थियो। गठबन्धनको बलमा मेयर जितेपछि ओलीका पक्षमा खुल्न दमक राप्रपालाई अहसज बताइँदै आएको छ। 

प्रकाशित: Oct 28, 2022| 21:05 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...